मिस मगर इन्टरनेशनलको ट्यालेन्ट राउण्ड सम्पन्न, १२ प्रतियोगीतले देखाए प्रतिभा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/miss-magar-international-season-1_KEV8khAWYp_329m7mtyqgy6e6rbu7ttpttwqoprabvsmbb6eghjyqmduizu1vlumia7fswy_xsYjKAmEp6_9tpq97d4zwedm0qqa2lqu1adc4xbrl3axxlwgy6xprxjrus014tlwcfudueu.jpg)
मिस मगर इन्टरनेशनलको पहिलो सीजनको ट्यालेन्ट राउण्ड सम्पन्न गरिएको छ । सोमबार काठमाडौंको होटल सम्पदामा आयोजीत कार्यक्रममा १२ प्रतियोगीतले आफू भित्र रहेको प्रतिभा देखाए । उनीहरुले नृत्य, अभिनय, गीत गायक, कविता तथा गजल बाचन लगायतका प्रतिभा देखाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय उपमहासचिव मगर महिला उद्यमी चन्द्रज्योती आले मगरले उत्कृष्ट १२ प्रतियोगीलाई शुभकामना दिइन् । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायमा रहेका युवतीहरुको ब्यक्तित्व बिकाशमा ठुलो मद्धत गर्ने भन्दै प्रतियोगीहरुलाई शुभकामना दिइन् । साथै उनले यस्ता किसिमका प्रतियोगीता नियमित हुनुपर्नेमा जोड दिइन् । यस्तै बिशेष अतिथि नेपाल मगर महिला संघकी केन्द्रीय अध्यक्ष हिरु राना मगरले पनि मिस मगर इन्टरनेशनलको पहिलो सिजनमा सहभागी हुन आउने प्रतियोगीहरुलाई शुभकामना दिइन् ।
मिस मंगोल २०१२ की बिजेता सपना रोका मगरले सन्चालन गरेको कार्यक्रममा आयोजक संस्था सुनोगाभा नेपालका महासचिव नायक तथा गायक रमेश बाबु थापा मगरले स्वागत मन्तब्य राखेका थिए । उनले मिस मगर इन्टरनेशनलले मगर समुदायका युवतीहरुको ब्यक्तित्व बिकाश गर्ने बताए । उनी भन्छन्, हामी पहिलो सिजनमा छौं, तर प्रतियोगीहरुको सहभागीता देख्दा निकै खुसी लागेको छ । मगर समुदायमा रहेका युवतीहरुले आफ्नो ब्यक्तित्व बिकाश गर्नेमा ढुक्क छौं ।
निर्णय समितिका संयोजक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान उपत्यका समितिको अध्यक्ष गायक तथा भिडियो निर्देशक अर्जुन थापा मगरले उत्कृष्ट १२ बिच फाइनल हुने जानकारी गराए । उनले यहि जेठ २७ गते काठमाडौंको प्रज्ञाभवनमा फाइनल प्रतिस्पर्धा हुने जानकारी गराए । अर्जुनसँगै मगर फिल्म निर्देशक सन्तोष पिठाकोटे मगर, मिस मंगोल २०१९ को फस्ट रनरअप रेनुका पुन मगर निर्णायक रहेका थिए ।
![‘ड्रेस टू इम्प्रेस’ सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/fashion%2520show_Y1Erb8JBrX_gc1boecahnigixcybbnbuldwaukhw5snhplltxunckvjklwaldulskqvnspb_6X5f9wfYly_kkwbkopjyt1e0rkhmylbjvdeydlbiika41wfo7bhmsmvwdq0wlvl3cbmvqkz.jpg)
‘ड्रेस टू इम्प्रेस’ सम्पन्न
![मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/miss_nepal_home_9c7oNxauTR_maxyqfletrzoedatj2vbnqfezburnerqakarh6zkuyn6de2uswa4hplmrkk7_ONQfsdBZQb_ji8eebatxkbcewyus5ceyykqijuuk9va0fyfalu3eq3nzg7ejipmdtobq2is.jpg)
मिस नेपाल २०२४ को देशब्यापी अडिसन सम्पन्न
![विधि लम्सालले जितिन ‘मिस नेपाल पिस’को उपाधि](https://snowberry.prixacdn.net/media/gallery_folder/Miss-Nepal-Peace2024_5gWGJ9tPVs_qnddkugbwqfm9vausgpsk0lhd2uhm2brhdts4el59kziizjtolkq1mioihpm_9zW2XfAQqq_de4qc2rt4hdu2ochwydc996nusmc7oo2wearghpbgui3px0p5deeoir3oy2j.jpg)
विधि लम्सालले जितिन ‘मिस नेपाल पिस’को उपाधि
![‘स्विम वेयर’मा देखिए ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का प्रतिस्पर्धी](https://snowberry.prixacdn.net/media/gallery_folder/miss%2520beauty_r2ByrW90O0_pkbzylpm6vmvogmyc6hectmjbm7wdlkyhmctaqyjt7i9sp9itipffatmiv6u_VliuB3UPHY_yrhy5smiqmbwuolxkmsuu3yxmpgzgahl8y7bicoscyjv7zjolhpr7pnrfnnk.jpg)
‘स्विम वेयर’मा देखिए ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का प्रतिस्पर्धी
![‘आइसी डिजाइनर रन वे’मा प्रियंकादेखि दीपिकासम्मको क्याटवाक](https://snowberry.prixacdn.net/media/gallery_folder/priyanka%2520karki_kF3txJhuaK_5hgzo4ovxiojk5vw5dswpzirxlcncyodrgbalgnmpwibhygmezwbxc8xggd3_Ww7rm0DPUQ_1pfrehzg8pdjxa0i05pylat8qvxkmvsecqexrgdfviizlrkmjk3gtboexyic.jpg)
‘आइसी डिजाइनर रन वे’मा प्रियंकादेखि दीपिकासम्मको क्याटवाक
![पृथ्वीया नेपालको प्रतिनिधित्व गर्दै अमेरिकातर्फ](https://snowberry.prixacdn.net/media/gallery_folder/3%2520(1)_w8RNEt02Vp_ydjcfjrpbcs3p3nllqzws14tt1t6gu9qzxt6ycjifzo1ewc1lygxinldqrvq_CqzCdSNvQa_eljenekml2bzx97k9ckdqvyabat6umrxfsfovvzcufbw0fjzjrnimuzcob4m.jpeg)
पृथ्वीया नेपालको प्रतिनिधित्व गर्दै अमेरिकातर्फ
!['मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/411265941_286274510734368_5170300089876149061_n_h58PIBE2nr_g5xyjlnazq43oaql5r5dbjxhtylvbmwx8ntqb7vabx92hkwrdonzajja295t_Gb6RO7OUop_hczqh9umfd73t1xbzqp8niky9u6uvbmgsyiv1dpkpv3ybnpciweoimxykxeo.jpg)
'मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने
![‘मोडल हन्ट नेपाल २०२३’ मा ३८ प्रतियोगी छनोट](https://snowberry.prixacdn.net/media/gallery_folder/fashion%2520show_FurvYowrdV_2da33lp1vwllq1iks3dbmb7p1xtgj0o57qz8tivvcnujphtxbrjlhgflfaew_1DUVWkmiY4_8xwfb2pdwhyjkuqpvfi0lpzowlgscbvbblzy2mq6mi6qfsccm4qp8itzchb7.jpg)
प्रतिक्रिया