श्रद्धा र राजको निकटता

फिल्म ‘कृष्णलीला’मा काम गर्दा नव–नायिका श्रद्धा प्रसाँइको नाम नायक पुष्प खड्कासँग जोडियो । पुष्प र श्रद्धा प्रेममा रहेको खबरहरू सार्वजनिक भए । उसो त, फिल्मको प्रचारका क्रममा सर्वाधिक ठूलो बिषय नै यी दुईको प्रेमको बनेको थियो ।
तर, यो फिल्म चलेपछि पुष्प र श्रद्धाको प्रेमको खबर पनि सेलायो । यो फिल्म फ्लप भएपछि श्रद्धाले नयाँ फिल्म पाएकी छैनन् । बरु, उनले कलाकार राज कटुवालसँग काम गरेको म्युजिक भिडियो ‘मेसो मिलाएर’ भने सुपरहिट भयो । यो गीत चलेपछि राज र श्रद्धाको निकटता पनि देखिन थालेको छ ।
यो गीत हिट भएपछि राज र श्रद्धा एकैसाथ देखिन थालेका छन् । गीतको प्रचारमा यी दुईको मायाको कुरा उठे पनि दुबैले अस्विकार गरे ।
तर, आइतबार आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’को नोमिनेशन सार्वजनिक कार्यक्रममा राज र श्रद्धा एकैसाथ पुगे । राजकै गाडीका श्रद्धा पुगेकी थिइन् भने उनकै गाडीमा २ जना फर्किएका थिए । यसपछि, यी दुईको निकटताको विषयमा गसिप बजारमा खबर चल्ने नै भयो । राज र श्रद्धा दुबैले एक अर्कालाई मिल्ने साथी बताएका छन् ।
तर, उनीहरूको निकटताले भने साथी भन्दा माथिको सम्बन्धतर्फ संकेत गर्न थालेको छ ।

आइटम गीतमा जम्दै वर्षा सिवाकोटी

रेखालाई बेनिशाको करिअरको चिन्ता

पल र करिश्मालाई कती हतार ?

जताततै स्वस्तिमा

निश्चलसँग फिल्म गरेपछि स्वस्तिमाको प्रशंसा नै प्रशंसा
_1K2RpWMqh9_xab27tnubq43azrglygwvoolehh3h6uzc4cwyqj1hafkgroeljph7miww65a_fF35zWUy48_3xz4ysil8czatyv731gjdmekrfhzh8i0i7wkhajmqmqps0zgl6xsrjeoprxv.jpg)
वर्षाको प्रचारः फिल्मको कुरा एकातिर, डिभोर्सको चर्चा चारैतिर

विरामी अनमोल: ठमठम हिँड्दै प्रहरी, सरकारी वकिल कार्यालय र अदालत पुगे !

प्रतिक्रिया