धिरज–जसिता भन्छन्–‘सामाजिक कथावस्तुका फिल्ममा अभिनय गर्ने रहर छ’


नायक धिरज मगर र नायिका जसिता गुरुङ सोमबार आयोजना भएको फिल्म ‘प्रसाद २’को प्रिमियरमा सहभागी भए । फिल्म सुरु भएको केही मिनेटपछि हलमा पुगेका यी दुइले फिल्मको खुलेरै तारिफ गरे । जसिताले फिल्मको शिर्ष भूमिकामा काम गर्ने बाल कलाकारको खुलेरै प्रशंसा गरिन् । 

धिरज र जसिता दुबैले करिअरमा लभ स्टोरी कथामा मात्र फिल्म खेलेका छन् । उनीहरुले ‘प्रसाद २, जारी’ जस्ता सामाजिक कथावस्तुका फिल्ममा काम गर्ने अवसर पाएका छैनन् । 

के उनीहरुलाई यस्तो फिल्म खेल्न मन लागेको छैन होला त, दुबैले  मिडियाकर्मीको प्रश्नमा भने–‘पक्कै पनि छ । यस्तो खालको कथामा काम गर्ने रहर कुन कलाकारलाई हुँदैन । सुदर्शन थापा मनपर्ने निर्देशक हुनुहुन्छ । कुनै दिन उहाँसँग सहकार्य होला भन्ने आशा छ ।’

यी दुई कलाकारले अभिनय गरेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ वैशाखको २१ गतेबाट रिलिज हुँदैछ । फिल्मलाई  लिएर यी दुबै आशावादी छन् । दर्शकले ‘ज्याकीः आई एम ट्वान्टी वान’लाई पनि मन पराउने उनीहरुको विश्वास छ ।