रेजिनाले कसलाई भनिन् दुःख दिने स्याल ?


नेपाली फिल्म क्षेत्रका संघसंस्थामा हुने गरेको चरम राजनीति यसपटकदेखि छताछुल्ल भएको छ । नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज लगायतको निर्वाचनमा देखिएको राजनीतिको चरम नमुनाले फिल्म क्षेत्रलाई कता लादैछ भन्ने प्रश्न उठाउन सकिन्छ । 

चलचित्र निर्देशक समाजको निर्वाचनमा त निर्देशकहरुले नै चरम राजनीति भएको भन्दै प्रश्न उठाए । निर्देशक समाजको चरम राजनीतिलाई नै देखेर यसका पूर्व अध्यक्ष एवं साधारण सदस्य केपी पाठकले राजिनामा नै दिएका छन् । 

यसैबिच, चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा पराजय भोगेकी नायिका रेजिना उप्रेतीले फिल्म क्षेत्रमा राजनीति गर्ने व्यक्तिलाई स्यालको संज्ञा दिएकी छिन् । उनले लेखेकी छिन्–‘मलाई दुःख दिने स्यालले अरुलाई पनि दुःख देला है होसियार भन्नै नपाई धेरैलाई घाइते पो बनाइसकेछ ।’

उनले, कसलाई स्याल भनेकी हुन् त्यो भने खुलाएकी छैनन् । तर, नेपाली फिल्मका हरेक निर्वाचनमा राजनीति गर्ने व्यक्तिहरुमाथि उनको प्रहार रहेको वुझ्न गाह्रो पर्दैन ।