आँचल मेरो न साथी न दुश्मनः पूजा शर्मा


नेपाली फिल्म क्षेत्रका २ नायिका पूजा शर्मा र आँचल शर्माको सम्बन्धको बिषयमा बेलाबखत खबरहरु सार्वजनिक भैरहेका छन् । आँचल र पूजाको सम्बन्धमा शितयुद्ध चलिरहेको चर्चा पनि मिडियामा आइरहेको हुन्छ । तर, नायिका रेखा थापाले बनाउन लागेको फिल्ममा पूजा र आँचलले एकसाथ काम गर्न लागेको खबर पनि सार्वजनिक भएको थियो । 

तर, नायिका पूजा शर्माले भने आँचल न आफ्नो साथी रहेको न त दुश्मन नै भएको बताएकी छिन् । मिडियामा कुराकानीमा उनले भनिन्–‘आँचलसँग मेरो त्यस्तो खास कुनै सम्बन्ध नै छैन । आँचलसँग न मेरो दुश्मनी छ न मित्रता नै । भेट हुँदा हाई हेल्लो मात्र हो ।’

पूजाले आँचलसँग फिल्म खेल्न भने आफूलाई कुनै पनि आपत्ती नभएको सुनाइन् । उनले, आफू आँचलसँग मात्र नभएर हरेक कलाकारसँग फिल्म खेल्न तयार रहेको पनि उनको कथन छ । 

पूजाले, प्रतिस्पर्धी नायिकाहरु स्वस्तिमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतसँग फिल्म खेल्न पनि आफूलाई कुनै गाह्रो नहुने बताएकी छिन् ।