पल र पुजाको केमियोले ‘मनसँग मन’को व्यापारलाई कति फरक पार्ला ?


माघको २७ गतेबाट फिल्म ‘मनसँग मन’ रिलिज हुँदैछ । यो फिल्मलाई कैलाश राइले निर्देशन गरेका हुन् । सिक्किम र नेपालको सम्बन्धलाई फिल्मले अझ प्रष्ट पार्ने निर्माणपक्षको भनाई छ । 

फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको चर्चा अझै बढेको छ । फिल्मको ट्रेलरमा नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको प्रेम सम्बन्धलाई आकर्षक तरिकाले देखाइएको छ । 

यो फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माको पनि विशेष भूमिका छ । यी दुई चर्चित कलाकारको विशेष उपस्थितीले दर्शकमा अझै कौतुहलता बढेको वुझ्न सकिन्छ । 

फिल्म हलमा पनि यो फिल्मको ट्रेलरमा पल शाहलाई देख्दा दर्शकले हुटिङ गरिरहेका छन् । यसले, पललाई पर्दामा हेर्ने दर्शकको व्यग्रता पनि प्रष्ट पार्दछ । 

अरुण तामाङको लगानी रहेको फिल्ममा सौरभ लामाको छायांकन छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि यसको निर्माणपक्ष प्रचारमा दौडिरहेको छ । तर, कलाकारको साथ नपाउँदा पनि यसका मेकर निराश देखिएका छन् ।