‘कामिनो’मा वर्षालाई गर्भवती महिलाको भूमिकामा अफर


बिहे गरेर अमेरिका गएकी नायिका वर्षा सिवाकोटी २ महिनामै नेपाल फर्किइन् । नेपाल फर्किएपछि उनी मिडियाबाट टाढा छन् । फिल्म बजारमा उनको बैबाहिक जीवन टुटेको चर्चा चलेपनि उनले यस बिषयमा स्पष्ट पारेकी छैनन् । खैर, जेहोस् वर्षा फाट्टफुट्ट काम भने गरिरहेकी छिन् । 

यसैबिच, यी नायिकालाई फिल्म ‘कामिनो’बाट अफर गरिएको छ । दीपक वलीको निर्देशनमा बन्न लागेको यो फिल्मलाई चैत्रको तेश्रो साताबाट छायांकन गर्ने तयारी छ । 

फिल्ममा नायक प्रदीप खड्का मुख्य भूमिकामा छन् । फिल्ममा २ नायिका रहनेछन् । जसमध्ये वर्षालाई एक गर्भवती महिलाको भूमिकाका लागि अफर गरिएको श्रोतले बताएको छ । वर्षा आफ्नो भूमिकालाई लिएर सकारात्मक छिन् । उनी र निर्माणबिच केही दिनमा नै कागजी संझौता हुने बताइएको छ । अर्की एक मुख्य नायिका भने अझै पनि फाइनल गरिएको छैन । 

यो फिल्मलाई महेश दवाडीले लेखिरहेका छन् । यो फिल्मले जोखिपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहने नेपालीको कथा भन्छ । एक्सेस नेपाल फिल्मस्को निर्माण रहने यो फिलमको छायांकन ल्याटिन अमेरिकाका विभिन्न स्थानमा गरिनेछ ।

वर्षाले बिहे गरेपछि नयाँ फिल्म साइन गरेकी छैनन् । उनी, अभिनित फिल्म ‘मनसँग मन’ माघको २६ गतेबाट रिलिज हुँदैछ । यस्तै, उनी अभिनित २ फिल्म ‘परदेशी २ र ए साथी सुन’ पनि रिलिजको लागि तयार छन् ।