नाजिरको ‘गुलाबी’ गेटअपलाई फिल्मीकर्मीको तारिफ


नायक नाजिर हुसेन अभिनय अब्बल गर्छन् । तर, गतिलो कथा छान्न नसक्दा उनका फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेनन् । निरन्तर फिल्म फ्लप भएपछि नाजिरको माग पनि फिल्म क्षेत्रमा ह्वात्तै घट्यो । बरु, नाजिर म्युजिक भिडियोबाट पैसा कमाउने धुनमा लागे । 

उसो त, नेपालमा राम्रा कलाकार भयपनि मेकरले गतिलो भूमिका दिन नसक्दा उनीहरूले काम देखाउन नपाएको टिप्पणी समेत हुने गर्दछ ।  बिहिबार सार्वजनिक भएको नाजिर अभिनीत फिल्म ‘गुलाबी’को फस्टलुकपछि यो कुरा केही हदसम्म साबित समेत भएको छ । 

फिल्मको फस्टलुकमा नाजिर ट्रान्सवुमनको भूमिकामा छन् । यो पोस्टरलाई फिल्म क्षेत्रबाट तारिफ नै तारिफ मिलेको छ । 

नाजिरको गम्भिर मुद्राले दर्शकलाई समेत प्रभावित बनाएको छ । यसले, समुन्द्र भट्टको सोचलाई केही हदसम्म सफल त बनाएको छ । अब, फिल्मले गर्ने व्यापारले अझै यसको प्रभावलाई प्रष्ट पार्दछ ।