३४ बर्षमा ब्रतबन्ध गर्दै पुष्पको बिहे तयारी


नायक पुष्प खड्काले ३४ बर्षको उमेरमा बल्ल ब्रतबन्ध गरेका छन् । पुष्पले सामाजिक संजालमा सरस्वती पूजाको अवसर पारेर आज सार्वजनिक गरेका तस्वीरले धेरै झुक्किएका थिए । उनले, बिहे नै गरेको अड्कल समेत धेरैले काटेका  थिए । 

तर, पुष्पले ३४ बर्षको उमेरमा ब्रतबन्ध गरेका हुन् । आज ब्रतबन्ध गरेका पुष्पले अब बिहेको तयारी समेत गरेको बताएका छन् । 

नेपाली फिल्म क्षेत्र र म्यूजिक भिडियो क्षेत्रमा जमिरहेका पुष्पले घर परिवारको ठूलो दबाब रहेकाले अब बिहे गर्ने समेत बताएका छन् । श्रोतका अनुसार, पुष्प केही बर्षदेखि एक यूवतीको प्रेममा छन् ।

तर, उनको प्रेमिका भने फिल्म क्षेत्र भन्दा बाहिरकी रहेकी वुझिएको छ । पुष्पले पनि बिहे गरेर करिअर र व्यक्तिगत जीवनलाई एकसाथ अगाडि बढाउने बताएका छन् ।