श्रीमतिसँग अष्ट्रेलियामा निराजनको आउटिङ

मोडल तथा कलाकार निराजन प्रधान केही दिन अगाडि अष्ट्रेलिया उडे । अष्ट्रेलिया उडेपछि निराजनको सामाजिक संजाल निरन्तर रुपमा घुमघामको तस्वीरले भरिएको छ ।
धेरैलाई निराजनसँग घुमघाम गरिरहेकी यूवती उनकी प्रेमिका हुन् भन्ने लाग्न सक्छ । तर, ललिता श्रेष्ठ निराजनकी श्रीमति हुन् । निराजनले बिहेको खबरलाई खासै बाहिर सार्वजनिक गरेका छैनन् ।

अष्ट्रेलियाको सौन्दर्यतामा उनी ललितासँग मन्त्रमुग्ध छन् । निराजनले कोभिडको संक्रमण आउनु भन्दा अगाडि बिहे गरेका हुन् ।

नेपाली फिल्ममा पनि खासै गतिलो प्रवेश नभएपछि निराजन निराश छन् । यसमाथि, काम गर्ने भनेका फिल्म नबन्दा उनलाई दर्शकले फिल्मी पर्दामा बलियो तरिकाले हेर्न सकेका छैनन् ।

म्यूजिक भिडियोबाट जसोतसो कला यात्रा अगाडि बढाइरहेका निराजन अष्ट्रेलिया हानिएपछि भने अब उनी उतै बस्छन् भन्ने अड्कलबाजी पनि गर्न थालिएको छ । यो बिषयमा निराजनले केही पनि बताएका छैनन् । तर, बिहेपछि अष्ट्रेलियाले उनलाई नपत्याउँदा श्रीमतिसँग उनी टाढा भएर बसेका थिए । सायद, अहिले उनी श्रीमतिसँग रोमान्टिक पल बिताएर जीवनको नयाँ आयाम कोरिरहेका छन् । उनी, अभिनित फिल्म ‘म’ यो बर्ष नै बक्स अफिसमा नराम्रोसँग पछारिएको थियो ।

‘म’ बक्स अफिसमा असफल भए पनि निराजनले गरेको अभिनयले निकै राम्रो तारिफ पाएको थियो ।