पूजाको बोल्ड स्टाइल, फ्यानहरु भन्छन्- पानी पानी

बलिउड अभिनेत्री पूजा हेग्डेको फिल्म सर्कसले यतिबेला चर्चामा छिन् । यो फिल्म शुक्रबारबाट हलमा रिलिज भएको छ । लामो समयदेखि यस फिल्मको चर्चा थियो तर रिलिज भएपछि दर्शकबाट भने मिश्रित प्रतिक्रिया आएको छ । यसैबीच, पूजा हेग्डेका केही बोल्ड तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसलाई अभिनेत्री पूजा आफैले यी तस्वीरहरु सोसल मिडिया इन्स्टाग्राममा सेयर गरेकी हुन् । इन्स्टाग्राममा अभिनेत्री पूजालाई २२ लाख भन्दा बढीले फलो गरिरहेका छन् ।

हालै सार्वजनिक यी तस्बिरहरूमा पूजा कालो पहिरनमा देखिएकी छिन् । उनले सेयर गर्ने तस्वीरहरु दर्शकहरुले रुचाउँदै आएका छन् । रमाइलो कुरा के छ भने पूजाले कारमा नै आफ्ना आकर्षक तस्बिरहरूसँग ब्याङ्गिङ पोज दिएकी छिन् र मानिसहरूले यि तस्बिरलाई मन पराइरहेका छन् । पूजा हेगडे आफैंले यी तस्विरहरू सेयर गर्दै लेखेकी छिन्, ‘यहाँ तिमीलाई हेर्दै छु, बच्चा।’

त्यसपछि उनका यी तस्विरमा फ्यानहरुबाट लगातार कमेन्टहरु आइरहेका छन् र उनको निकै तारिफ भइरहेको छ । एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिमीलाई देखेर सबै केटाहरू पानी पानी भएको हुनुपर्छ ।” तर पूजा हेगडेको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।