फिल्मकी विद्रोही सुरविना प्रिमियरमा बोल्ड

फिल्म ‘काँडेतार’मा विद्रोही महिलाको भूमिकामा देखिएकी नायिका सुरबिना कार्की मंगलबार आयोजना भएको फिल्म ‘काँडेतार’को प्रिमियरमा भने बोल्ड बनेर पुगिन् । 

फिल्म हातमा नभएकाले पनि सुरबिना लामो समयदेखि मिडियामा देखिएकी थिइनन् । तर, आफूले अभिनय गरेको फिल्मको प्रिमियरमा भने उनी हटकेक बनिन् । 

यो फिल्मका लागि आफूहरूले निकै दुख गरेको बताउँदै सुरविनाले ‘काँडेतार’ फिल्म नभएर अभियान भएको तर्क गरिन् । 

सुरविनाले ‘झेली’ फिल्मबाट करिअर सुरु गरेकी थिइन् । उनले अभिनय गरेका फिल्मले व्यापारिक रुपमा सफलता नपाउँदा उनको करिअर पनि माथि जान सकेन । 

अहिले उनी, कहिलेकाही म्युजिक भिडियोमा देखिँदै आएकी छिन् । भारतमा गएर अभिनयको कोर्स सिकेपनि उनको करिअरलाई कुनै पनि फाइदा भएको देखिंदैन ।