पोखरामा रातो स्विमसुटमा हट साम्राज्ञी

फिल्म ‘लण्डन टू पेरिस’ फागुणको ५ गतेबाट रिलिज हुने पक्का भैसकेको छ । यो फिल्मकी मुख्य नायिका हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । फिल्मले इनिसियल व्यापार गर्दा साम्राज्ञीको स्टारडमको परिक्षा हुनेछ । किनकी, निरन्तर असफल फिल्म दिएपछि साम्राज्ञीको क्रेज पहिलेको जस्तो छैन ।

उनै, साम्राज्ञी लण्डनदेखि पेरिससम्मको सेड्यूल सकेर नेपाल आइन् । नेपाल आएपछि उनी आफ्नै दुनियाँमा रमाइरहेकी छिन् । उनले, हालै मात्र सामाजिक संजाल इन्स्टाग्राममा पोष्ट गरेका केही तस्वीरले उनको हट अवतार र विन्दास रुपलाई झल्काएको छ ।

पोखराको स्विमिङ पूलमा रातो स्विमसुटमा रमाउँदै उनी मस्त छिन् । साम्राज्ञी फिल्म सेड्यूलको तनावलाई भुलेर आफ्नै दुनियाँमा रमाउन मस्त रहेको वुझ्न सकिन्छ । साम्राज्ञी अभिनित अर्को फिल्म ‘तिम्रो मेरो साथ’ पनि रिलिजको क्रममा छ ।