स्वस्तिमाको फोटोलाई कपी गरेको आरोप

नायिका स्वस्तिमा खड्का फेरि एकपटक ट्रोल बनेकी छिन् । उनले, सामाजिक संजालमा पोष्ट गरेको एक तस्वीरलाई कपी गरेको आरोप लागेको छ । स्वस्तिमाले दुबै हातमा बन्दुक बोकेर नयाँ फोटोसुट गरेकी छिन् । तर, दर्शकबाट राम्रै तारिफ बटुल्ने सोचका साथ स्वस्तिमाले पोष्ट गरेको तस्वीरले आलोचना बढी भोगेको छ ।

स्वस्तिमाले हलिउड नायिका एन्जेलिना जोलीको फिल्म ‘टम्ब रेइडर’को गेटअप चोरी गरेको आरोप लगाउँदै उनको ट्रोल बनाइएको छ । कतिपयले त उनले बोकेको बन्दुक हेर्दा बाल्यकालको याद आएको समेत उल्लेख गरेका छन् । यस्तै, कतिपयले नक्कल गर्न पनि नजानेको भन्दै आलोचना गरेका छन् । कतिपयले पब्जीको नयाँ पात्र भन्दै उनको ट्रोल गरेका छन् ।

तर, यसले स्वस्तिमालाई खासै फरक भने पारेको छैन । फिल्म ‘चिसो मान्छे’मा काम गरेपछि मौन रहेकी स्वस्तिमा तस्वीरका कारण फेरि चर्चामा आएकी छिन् ।