केकी र प्रकाश सपुतको मित्रता

नायिका केकी अधिकारी अभिनित फिल्म ‘झिँगे दाउ’ हलमा चलिरहेको छ । फिल्मको व्यापार विकेन्डपछि अझ राम्रो छ । दर्शकले फिल्म मन पराएपछि यसको व्यापार पनि रफ्तारमा अगाडि बढेको हो । उनै, केकी अधिकारी सोमबार बेलुकी गायक तथा कलाकार प्रकाश सपुतसँग मास्क लगाएर सिभिल मलमा पुगिन् ।

प्रकाशले माक्स खोल्न असहज माने, केकी भने मिडियाकर्मीसँग गफिइन् । फिल्म हेरेपछि पनि केकी र प्रकाशले एकसाथ प्रतिक्रिया दिए र बाहिरिए । प्रकाश सुपतसँग ‘बरिलै’ बोलको गीतमा काम गरेपछि केकी उनीसँग नजिक छिन् । प्रकाशको व्यक्तित्व र शैलीबाट आफू प्रभावित भएको उनको तर्क छ ।

केकी र प्रकाशले अभिनय गरेको फिल्म ‘परदेशी २’ फागुणमा रिलिज हुँदैछ । तर, यी दुइको बोन्डिङ भने गज्जब देखिन्छ ।