आँचल र आकाशको कानेखुशी

हुनत, एकसाथ २ फिल्म चल्दा एक फिल्मका कलाकारले अर्को फिल्मको कलाकारलाई कटाक्ष गर्न पछि पर्दैनन् । आफ्नो मात्र फिल्म चलोस्, अर्काको फिल्म असफल होस् भन्ने कामना पनि गर्छन् ।

तर, शनिबार दिउँसो भने केही रोचक दृश्य देखियो । शनिबार काठमाडौंको बीएसआर मुभिजमा पुग्दा फिल्म ‘सम्हालिन्छ कहिले मन’का नायक आकाश श्रेष्ठ र फिल्म ‘झिंगे दाउ’की नायिका आँचल शर्माविच जम्काभेट नै भयो ।

यो हलमा दुबै फिल्मका कलाकार दर्शकलाई धन्यवाद दिन पुगेका थिए । दुबै फिल्म बीएसआरमा दिनभर नै हाउसफूल चलेको थियो । आँचल र आकाशले एक अर्काको फिल्म नहेरेको तर हेर्ने वाचा गरे । यतिमात्र होइन, दुबैले एक अर्काको प्रशंसा गरे । उनीहरुले एकसाथ फिल्म ‘ब्ल्याक’मा काम गरेका थिए । यो फिल्म बक्स अफिसमा सुपर फ्लप भएको थियो ।

यसपछि आँचलले विभिन्न कलाकारसँग पर्दा शेयर गरिन् भने आकाशले पूजा शर्मासँग नै बढी फिल्म खेले ।

क्यामेराका अगाडि नै आकाश र आँचलविच कानेखुशी नै चल्यो । तर, कानेखुशीमा के कुरा भयो भन्ने उनीहरुले बताएनन् ।