‘विवाद विवाद’ भन्दै बोल्न मानेनन् दीपक

कुनै समय दीपकराज गिरीले नेपाली फिल्मलाई प्रदर्शकहरुले गरेको चर्को विभेदको बारेमा खुबै आवाज उठाए । जतिबेला उनले आवाज उठाए, त्यतीबेला अरु मौन थिए । अहिले केही फिल्मीकर्मी यो बिषयमा बोलिरहेका छन् तर दीपक चुप छन् ।

बुधबार आयोजना भएको फिल्म ‘झिँगे दाउ’को प्रिमियरमा पुगेका दीपकलाई यही प्रश्न मिडियाकर्मीले सोधेका थिए । तर, प्रिमियरमा दीपकले यो बिषयमा बोल्न नै चाहेनन् । उनले, भो भो भन्दै बोल्न मानेनन् । यो बिषयमा बोल्दा विवाद हुने उनको भनाई थियो ।

दीपक ‘छक्का पन्जा ४’को छायांकनमा व्यस्त छन् । यो फिल्मका कारण हो वा आफै हल मालिक बन्न लागेर हो, उनले प्रदर्शकको विभेदको बिषयमा बोल्न चाहेनन् ।

उसो त, दीपकले यो बिषयमा एक्लै बोल्न भन्दा सामुहिक रुपमा बोल्न पर्ने तर्क पनि प्रस्तुत गर्दै आएका छन् । यसपटक भने ‘विवाद विवाद’ भन्दै दीपक तर्किए ।