करिश्माले गरिन ‘मायाज ब्युटी पार्लर’को उद्घाटन
काठमाडौं स्थित कलंकीमा ‘मायाज ब्युटी पार्लर’को नयाँ साखा खुलेको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरी नायिका करिश्मा मानन्धरले उक्त पार्लरको शुभारम्भ गरेकी हुन ।
बिगत १ दशक अगाडी देखी सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले सो पार्लर संचालनमा ल्याएकी हुन् । भक्तपुर सुर्यविनायकमा मुख्य पार्लर रहेको मायाज ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ बानेश्वर साखा १ महिना अगाडी मात्रै खोलिएको थियो ।
पार्लरले बिशेष गरी महिलाहरुको लागि सौन्दर्य सुबिधा उपलब्ध गराउनेछ र निकट भविष्यमै पुरुषहरुका लागि पनि सेवा उपलब्ध गराउने उदेश्य लिएको समेत संचालिका गिरीले बताइन । उद्घाटन कार्यक्रममा बोल्दै नायिका मानन्धरले पार्लर सफलताको शुभकामना दिइन ।
प्रतिक्रिया