हट फर्ममा फर्किइन् प्रियंका

नायिका प्रियंका कार्की पर्दा भित्र मात्र होइन, पर्दा बाहिर पनि धेरैका लागि प्रेरणा हुन् । उनको बोल्ड अवतार, लगाव धेरैका लागि प्रेरणा बन्न सक्छ ।

आमा बनेपछि प्रियंकाको तौल ह्वात्तै बढेको थियो । बैशाखमा फिल्म ‘लक्का जवान’को प्रमोशनका क्रममा प्रियंकाको तौल देखेर धेरै अचम्मित भएका थिए । तर, भदौमा उनलाई भेट्नेहरु छक्क पर्छन् । किनकी, प्रियंकाले आफ्नो तौल घटाएर पुरानै अवस्थमा फर्किएकी छिन् ।

सामाजिक संजालमा उनले पोष्ट गरेको तस्वीरले पनि यो कुरा पुष्टी गर्दछ । नायिका कार्कीले पुरानै हट अवतारमा फर्किएको भन्दै बोल्ड तस्वीर पोष्ट गरेकी छिन् ।

छोरीलाई जन्म दिएपछि पहिलो पटक यति बोल्ड अवतारमा देखिएकी सुन्दरी धेरैका लागि प्रेरणा बन्न सक्छिन् । प्रियंका हाल फिल्म ‘फूलबारी’को छायांकनमा व्यस्त छिन् ।