फिल्म नचलेपछि पुष्पले सुरु गरे म्युजिक भिडियोमा अभिनय

नायक पुष्प खड्काले अभिनय गरेको फिल्म ‘कृष्णलीला’ले बक्स अफिसमा खासै गतिलो व्यापार गरेन । फिल्मको रिलिज अगाडि जुन खालको चर्चा भएपनि फिल्म चलेपछि भने यसको कथावस्तु र प्रस्तुतिबाट दर्शक र समीक्षक निराश भए ।

फिल्ममा पुष्पलाई अटिजमको भूमिकामा देखाइएको थियो । पुष्पको काम उत्कृष्ट भएपनि निर्देशक दीपक वलीले फिल्मलाई फितलो रुपमा प्रस्तुत गर्दा दर्शक बाँधिन सकेनन् । जसलेगर्दा, एक सातामै फिल्मले दम तोडेको छ । यो फिल्म रिलिजका लागि पुष्पले केही महिनादेखि म्युजिक भिडियोमा समेत काम गरेका थिएनन् । म्यूजिक भिडियोको काम रोकेर पुष्पले फिल्मका लागि दिनरात नभनी काम गरेका थिए ।

फिल्मको प्रचारमा कुनै पनि कसर बाँकी नछाडेका पुष्पले फिल्म नचलेपछि भिडियोको अभिनय सुरु गरेका हुन् । उनले, समारिका र स्मारिकासँग एक गीतको भिडियोमा मंगलबार काम गरेका छन् ।

पुष्पको अब ‘तिम्रो मेरो साथ र मनसँग मन’ रिलिज हुन बाँकी छ । पुष्पलाई फिल्मको अफर पनि आइरहेको छ । पुष्पले चाडै नै एक फिल्म साइन गर्न लागेको बताएका छन् । यो फिल्ममा पुष्पको जोडीको रुपमा श्रद्धा क्षेत्रीले अभिनय गरेकी छिन् । डेब्यु फिल्म भएपनि श्रद्धाले काम भने राम्रो गरेकी छिन् ।