मलिका महतः युट्युबमा हिट, हलमा फ्लप

२ वटा फिल्म खेलेकी मलिका महतले करिअरलाई सुखद तरिकाले अगाडि बढाउन सकिरहेकी छैनन् । उनले अभिनय गरेका दुबै फिल्म असफल भएपछि उनका लागि अगाडिको बाटो सोचेर तय गर्नुपर्ने देखिएको छ ।

पहिलो फिल्म ‘यात्रा’बाट उनी नोटिस भएकी हुन् । तर, लकडाउनपछि उनले अभिनय गरेका म्युजिक भिडियोले युट्युबमा करोडौं भ्यूज पाएका छन् । उनको लागि आएका भ्यूजले हलमा दर्शक पनि बढ्ने विश्वास केही निर्मातामा थियो ।

यसैले, उनलाई महंगै रकम दिएर फिल्म अफर पनि नगरिएको होइन । तर, मलिकाकाले ‘पानी फोटो’ पर्खिने सुर गरिन् ।

तर, यो फिल्म पनि नचलेपछि मलिकाका लागि पुर्पुरोमा हात राख्नुपर्ने देखिएको छ । किनकी, उनले अफर आएका केही राम्रा ब्यानरका फिल्ममा काम गरिदिएको भए पक्कै पनि उनलाई फाइदा हुने थियो । तर, अब त मलिकालाई फिल्ममा अफर गर्नु अगाडि पनि निर्माताले पक्कै सोच्नेछन् । मलिकाले पनि २ वटा फिल्म लगातार फ्लप भएपछि तेश्रो फिल्मका लागि केही गम्भिर हुनुपर्ने देखिएको छ ।