लता मंगेश्करका ‘तीन’ नेपाली गीत

स्वरकी धनी लता मंगेश्कर आफ्नो गायन क्षमताले अमरत्व प्राप्त गरेकी छिन्। कोकिलाको नामले परिचित चर्चित गायिका मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो । उनको जन्म २८ सेप्टेम्बर १९२९ मा मध्यप्रदेशको इन्दौरमा भएको थियो । उनलाई माता सरस्वतीको बरदानप्रप्त गायिका भनेर धेरैले सम्बोधन गर्नेगरेका छन् ।
लतालाई बाल्यकालदेखि नै गाउने र सङ्गीतमा रुचि थियो । १३ वर्षको उमेरमा लताले १९४२ मा मराठी फिल्म ‘पहली मंगलागौर’ मा पहिलो पटक गीत गाएमी थिइन् । सन् १९४७ मा फिल्म ‘आपकी सेवा’ मार्फत उनले हिन्दी फिल्ममा प्रवेश गरेकी हुन् । ८० वर्षको गायन जीबनमा उनले हालसम्म ३६ भाषामा ५० हजारभन्दा बढी गीत गाइसकेकी छिन् । सन् २०१५ मा लताले अन्तिम पटक निखिल कामतको फिल्म ‘डन्नो वाई २’ मा गीत गाएकी थिइन् ।
भारतीय गायियका लता मङ्गेशकरको निधनमा शोक व्यक्त नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले सामाजिक सञ्जालमार्फत मङ्गेशकरको निधनमा श्रद्धाञ्जली दिएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भने मङ्गेशकरको निधनमा लेखेकी थिएन्, धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गायियका लता मङ्गेशकरको निधनमा शोक व्यक्त गरेका छन्। देउवाले पनि दर्जनौं नेपाली गीतमा आवाज दिएको भनेर सामाजिक सञ्जालमार्फत मङ्गेशकरको निधनमा श्रद्धाञ्जली दिएका थिए ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवालेले भने जस्तो खासै धेरै गित नगाएपनि उनले जम्मा तीनवटा मात्र गाएकी छन् । यी तीन गितले भने धेरै नेपालीको मन मनमा राम्रो छाप छोडन सकेकी छिन् ।
स्वरकी धनी लता मंगेशकरले स्वर दिएका नेपाली गीत हुन् आकाशमा तिरमिरे तारा, जुन माटोमा मैले जन्म लिएँ, बाँचुन्जेललाई जस्ता गीत गाएकी छन् ।
पहिलो नेपाली गीत राजा महेन्द अर्थात् म बी बी शाहले लेखेको ‘आकाशमा तिरमिरे’ गाएकी थिइन् । उसैकालागि-२ एलबम्बममा यस गितमा हेमन्त कुमारले संगित भरेका थिए । उस्तै उनले दोस्रो गित फिल्म माइतिघर मा समाबेस भएको थियो जुन माटोमा मैले जन्म लिएँ गित गाएकी थिइन । यो गितमा पनि म बी बी शाहले लेखेका थिए भने यो गितमा पनि बी बी शाहले लेखेका थिए , जय देव बर्माले संगित भरेका थिए । त्यस्तै उनले पछिल्लो गित राम कृष्ण ढकालसँग बाँचुन्जेललाई गाएकी थिइन् । जुन गित आनन्द अधिकारीले लेखेका थिए भने संगीत शिखर शान्तोसको रहेको थियो ।
बाँचुन्जेललाई सँगै गित गाएका राम कृष्ण ढकालले लता मंगेश्कर निधनमा आफ्नो कुरा यसरी ब्यक्क्त गरेका छन् । उनले लेखेका छन्, विश्व प्रसिद्ध गायिका आदरणीय लता दीदीलाई साक्षात् सरस्वतीको स्वरूपमा सदैव आदर सम्मान गरिएको सत्य आखिर आज श्रीपञ्चमीकै दिन उहाँ सरस्वतीकै शरणमा महाप्रस्थान गर्नुभयो र पुरा भयो। तर उहाँको यो बिदाइ हामी सबै सङ्गीतप्रेमी,अनुरागी र उहाँका शुभचिन्तकका निम्ति भने अत्यन्तै कहालीलाग्दो भयो। आदरणीय लतादीदी अब यो युगमा हुनुहुन्न भन्ने सोचेर केवल श्रद्धाञ्जली लेख्न पनि मसँग रत्तिभर कुनै सामर्थ्य छैन,हात एकोहोरो कामिरहेको छ।
मैले उहाँ जत्तिको महान स्रष्टासँग भेट हुने,कुरा गर्ने र एउटा सिङ्गै गीत गाउने अवसर पाएँ यो नै मेरो जीवनको सर्वाधिक खुसीको क्षण थियो, तर उहाँको देहावसानले म अत्यन्तै मर्माहत भएको छु।सृष्टिको यो नियम सबैले पालन गर्नैपर्छ, एकदिन जानू त छँदैछ तर उहाँको यो अभाव र विश्व सङ्गीत क्षेत्रमा उहाँको अनुपस्थितिमा हुनजाने अपूरणीय क्षतिको महसुस गरेको छु।उहाँबिना साँच्चै सङ्गीताकाश अँध्यारो हुनेछ।उहाँको अर्को जन्म फेरि यसैगरी विश्वसङ्गीत र गायनका निम्ति निरन्तर भइरहोस् भन्ने इश्वरसँग प्रार्थना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,
वहाँको सम्झना बाँचुञ्जेलीलाई ……बाँचुञ्जेलीलाई ……!!!!

अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

फिल्मका निर्देशकलाई छैन काम, म्युजिक भिडियोकालाई चामै चाम

प्रतिक्रिया