नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासका कारण नेपाली फिल्मको प्रदर्शन मिति स्थगित हुने अबस्था देखिन्छ । विश्वव्यापी महामारी शून्यमा झारिदिएको नेपाली फिल्म क्षेत्रलाई अहिले विस्तारै अघि बढदै गए पनि तेस्रो लहर आएमा अब के हुन्छ भन्ने प्रश्न उठन थालिसकेको छ भन्दा फरक नहोला ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी माघ दोस्रो हप्तादेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने चेतावनी दिएको छ ।
मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने बताएसँगै माघ महिनापछिका फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु भएको हो । माघ पछि प्रर्दशन मिति घोषणा गरेका फिल्महरुको अब प्रर्दशनमा जाने कि के गर्ने भन्ने दोसाधमा देखिएका छन् । यी सबै कुरा परिस्थितीमा निर्भर हुनेछन् ।’
फिल्म हलहरुमा भीडभाड हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गरेर हलहरु सञ्चालन गर्न अनुमति दिने सम्भावना न्यून देखिएको छ । यस अघि साना लगानीका फिल्म सञ्चालनमा आए पनि ठूलो लगानीका फिल्महरु जोखिम मोल्न निर्माता डराएको देखिन्छ ।
अब प्रदर्शनको तयारीमा रहेका फिल्महरु माघ १९ ‘म यस्तो गीत गाउँछु २’ माघ २८ मा सौगात मल्लको ‘मन्त्र’, फागुन १३ मा लप्पन छप्पन २ र प्रेमगीत ३, फागुन २८ मा सम्हालिन्छ कहिले मन र आकाशे खेती, चैत ४ मा चिसो एस्ट्रे, चैत ११ मा हेलो जिन्दगी, चैत १८ मा पासो, चैत २५ मा ए मेरो हजुर ४, बैशाख २३ मा कबड्डी ४ र लक्का जवान तथा बैशाख ३० मा चिसो मान्छेले प्रदर्शन हुने भनेर मिति घोषणा गरि सकेका छन् ।
पुस मसान्तसम्म कोरोनाको परिस्थिती जटिल अबस्था नभए फिल्म ‘चपली हाइट ३’ लाई भने फाइदा हुने देखिन्छ । यी सबै फिल्म निर्धारित मितिमै रिलिज हुन्छन् या हुँदैनन् भन्ने कुरा कोभिडको तेस्रो लहरमा निर्भर हुनेछ । भारतमा कोभिडको तेस्रो लहर सुरु भएसँगै फिल्म निर्माताहरूले ‘जर्सी’, ‘आरआरआर’ को प्रदर्शन मिति स्थगित गरी सकेका छन् ।

अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

फिल्मका निर्देशकलाई छैन काम, म्युजिक भिडियोकालाई चामै चाम

प्रतिक्रिया