यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

फिल्म विश्वमा जोडिएको र अलग्गिएको चर्चा प्रायः भइरहन्छ । कैयौं स्टारहरु यस्ता छन्, जसको प्रेम अन्य स्टारसँग एकपटक नभई कैयौंपटक हुने गर्दछ । बलिउडमा यस्ता केही अभिनेत्री छन्, जसले एकपटक मात्र नभई कैयौं पटक हेण्डसम प्रेमीसँग प्रेम गरेर उनीहरुको हृदयमा विछोडको छुरा चलाएका छन् ।
अभिनेत्री सुस्मिता सेनले हालैमात्र प्रेमी रोहमन शलसँग ब्रेकअपको घोषणा गरिन् । रोहमनसँग करिब तीन वर्ष डेट गरेपछि अभिनेत्रीले सम्बन्ध सकिएको खुलाइन् । यी अभिनेत्रीले यसअघि झण्डै दश हेण्डसमसँग ब्रेकअप गरिसकेकी छन् । यो सूचीमा विक्रम भट्ट, रणदीप हुड्डा, बन्टी सचदेवादेखि लिएर इम्तियाज खत्रीसम्मको नाम छ ।
अभिनेत्री प्रियंका चोपडाको अफेयरको सूची पनि लामै छ । उनको प्रेम सम्बन्ध अभिनेता शाहरुख खानदेखि लिएर शाहिद कपुरसम्म थियो । उनको अफेयर हरमन बावेजासँग पनि थियो । यद्यपि उनले यी हेण्डसमसँग नभई हलिउड स्टार निक जोनससँग सम्बन्ध गाँसिन् ।
अर्की अभिनेत्री दीपिका पादुकोणको नाम धेरै हेण्डसमसँग जोडिएको छ । अभिनेता रणवीर सिंहसँग विवाह अघि उनको अफेयर रणवीर कपूरसँग थियो । यसअघि उनको नाम युवराज सिंह, सिद्धार्थ माल्या, निहार पाण्ड्या र उपेन पटेलसम्म जोडिएको थियो । सिंहबाहेक अन्य कुनै पनि हेण्डसमसँग उनको प्रेम सम्बन्ध लामो समयसम्म चल्न सकेन ।
बलिउड सुपरस्टार सलमान खानसँग ब्रेकअप पछि अभिनेत्री ऐश्वर्या रायको नाम विवेक ओबरोयसँग जोडियो । विवेकले जसै सलमानसँग झगडा गरे, त्यसपछि ऐश्वर्याले विवेकसँगको सम्बन्ध पनि तोडिन् । उनले विवेकको क्रियाकलाप ‘अपरिपक्व’ भएको प्रतिक्रिया दिएकी थिइन् ।
अभिनेत्री जाह्नवी कपूरको नाम उनको डेब्यू फिल्म ‘धड्कन’ स्टार इशान खट्टरसँग जोडिएको थियो । फिल्मको प्री–लञ्च इभेन्टको समयमा उनीहरु निकै नजिक देखिएका थिए । यसपछि उनीहरु लामो समयसम्म सँगै देखिए । उनीहरुमा जसै प्रेमको तह बढिरहेको थियो, जाह्नवीका पिता बोनी कपुरले उनीहरुको सम्बन्धलाई मान्यता दिएनन् । त्यसपछि उनले ईशानसँग ब्रेकअप गरिन् ।
अभिनेत्री आलिया भट्ट हालका दिनमा अभिनेता रणवीर कपूरसँग डेट गरिरहेकी छन् । यसअघि उनी अभिनेता सिद्धार्थ मल्होत्रासँगको डेटमा थिइन् । तर उनीहरुको सम्बन्ध केही समयसम्म मात्र रह्यो ।
अभिनेत्री विपाशा बसु र अभिनेता जोन अब्राहमको सम्बन्ध निकै वर्षसम्म चल्यो । दुवै लिभ इन रिलेसनसिपमा थिए । उनीहरुबीच मतभेद भएपछि अलग्गिने निर्णय लिए । जोनले विपाशाअघि डिनो मारियासँग डेट गरेका थिए ।
अभिनेत्री कटरीना कैफले हालैमात्र अभिनेता विकी कौशलसँग विवाह गरिन् । यसअघि उनको नाम सलमान खान र रणवीर कपूरसँग जोडिएको थियो । यसबाहेक उनी सिद्धार्थ माल्यासँगको प्रेममा पनि थिइन् ।
एक समय थियो, जब अभिनेत्री माधुरी दिक्षितको नाम अभिनेता सञ्जय दत्तसँग जोडिएको थियो । उनीहरुको अफेयरको चर्चा खुबै भएको थियो । जसै सञ्जयको नाम सन् १९९३ को मुम्बई बम ब्लाष्टमा जोडियो, त्यसपछि माधुरीले तुरुन्तै सञ्जयसँग सम्बन्ध तोडिन् ।

अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

फिल्मका निर्देशकलाई छैन काम, म्युजिक भिडियोकालाई चामै चाम

प्रतिक्रिया