‘लाखे’मा कलाकारको जम्बो टिम

 

काठमाडौं-  फिल्म ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतले नयाँ फिल्म ‘लाखे’ निर्माण गर्ने भएका छन् । फिल्मका लागि सौगात मल्ल, अनुपविक्रम शाही, सुनिल थापा, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल लगायतका कलाकार फाइनल भएका छन् ।

फिल्मका लागि अझै केही कलाकार छनाेटको क्रममा छन् । बाँकी कलाकार अडिसन मार्फत छनौट हुने निर्देशक बस्नेतले बताए । उनले बाँकी कलाकार अडिसनमार्फत छनोट गर्ने जानकारी दिए । निर्देशक बस्नेतका अनुसार फिल्मका लागि १८ देखि २४ वर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बाल कलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ ।