फिल्म ‘लक्का जवान’ वैशाख २३ मा

 

काठमाडौं- कोरोना भाइरसको कारणले दुई वर्षअघि प्रदर्शन मिति तोकेर पनि रिलिज हुन नसकेको फिल्म ‘लक्का जवान’ले पनि प्रदर्शन मिति तोकेको छ । यो फिल्म वैशाख २३ मा प्रदर्शन हुने निर्माणपक्षले जानकारी दिएको छ । ‘लक्का जवान’को प्रदर्शन मिति यसअघि २०७६ चैत २१ गतेलाई तोकिएको थियो ।

तर चैत ११ मा सरकारले नै लकडाउन गरी सिनेमा हलसमेत बन्द गर्ने आदेश दिएपछि यो फिल्मको प्रदर्शन रोकिएको थियो । फिल्ममा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल आदि कलाकारको अभिनय रहेको छ ।

फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन छ । अन्सुया श्रेष्ठको लगानी रहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको लगानी छ । किरण केसी, शिवहरी पौडेल, दीलिप रायमाझी कार्यकारी निर्माता रहेको फिल्ममा अनुसुया श्रेष्ठ निर्माता हुन् ।