आधारातमा क्याट्रिनाको घरबाट विक्की यसकारण बाहिरिए …

 

एजेन्सी- बलिउड अभिनेता विकी कौशल र क्याट्रिना कैफको विवाह अब केही दिनमा नै हुने भएको छ । यी दुईको विवाहको तयारी अहिले धुमधामका साथ चलिरहेको छ ।  यहीबीच आधा रातमा विकी क्याट्रिनाको घरबाट निस्किएको थाहा पाएपछि उनीहरुका प्रशंसकले अनेक अनुमान लगाएका छन् ।

पापाराजी विरल भयानीले विकी कौशलको तस्वीर सार्वजनिक गरेपछि उनीहरुको विषयमा प्रशंसकले अनेक अनुमान गरेका हुन् । विरलले सेयर गरेको एउटा भिडियोमा विकीले थम्ब्स अप गरेको पनि देखिएको छ । तर, उनी त्यहाँ अन्य मेकअप आर्टिस्टहरुसँग किन पुगेका थिए भन्नेबारे अहिलेसम्म औपचारिक रुपमा केही आएको छैन ।