सकियो धिरज र अदितीको ‘बाबरी’को छायांकन

 

काठमाडौं- सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्म ‘बाबरी’को छायांकन सकिएको छ ।  छायांकनकै क्रममा कोरोना महामारीका कारण देश लकडाउनमा गयो । त्यसपछि रोकिएको ‘बाबरी’ हालै छायांकन सकिएको हो । फिल्ममा मोरङ, झापा र सिक्किमका दृष्य देख्न पाइने छ ।

३८ दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जनाएको छ ।चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ । अदितीले फिल्म ‘कृ’मा काम गरेको केही वर्षपछि होम प्रोडक्सनको ‘बाबरी’मा काम गरेकी हुन् । धिरजसँग भने उनको पहिलो सहकार्य हो । ‘बाबरी’मा अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकीले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।