रेखा थापा राप्रपा महामन्त्रीमा पराजित

 

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीको राप्रपा महामन्त्रीमा महिलातर्फ कुन्ती कुमारी शाही रेखा थापालाई पराजित गरेकी छन् । कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १६४० भोट ल्याएकी छन् । कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् ।