शो बिग बोसको १५ औँ सिजनमा शेहनाजको धमाकेदार इन्ट्री ?

 

 

काठमाडौं-  रियालिटी शो बिग बोसको १५ औँ सिजनको टिआरपी यसपटक राम्रो देखिएको छैन । टिआरपी बढाउनका लागि निर्मताहरुले अहिले शेहनाज गिललाई वाइल्ड कार्ड प्रतियोगीका रुपमा भित्र्याउने प्रयास सुरु गरेका छन् । यद्पि यसबारे अन्तिम निर्णय भने भइसकेको छैन । बिग बोस १३ को रनरअप रहेकी शहनाजका प्रशंसकहरु राम्रो सङ्ख्यामा रहेका छन् ।

त्यही भएर उनलाई भित्र्याए शोको टिआरपी बढ्ने निर्माताहरुको अपेक्षा छ । उक्त सिजन दिवंगत अभिनेता सिद्धार्थ शुक्लाले जितेका थिए । शहनाज र सिद्धार्थको भेट पनि यसै शोको दौरान भएको थियो । शोका दौरान उनीहरुको केमिस्ट्रीलाई निकै रुचाइएको थियो । शोपछि पनि उनीहरुको सम्बन्ध कायम रह्यो ।