लघु फिल्म ‘थर्ड आई’ को शुभमुहूर्त

 

काठमाडौँ- आशुतोष फिल्म प्रोडक्सनको ब्यानरमा लघु फिल्म ‘थर्ड आई’ बन्ने भएको छ । आशुतोष अधिकारीको निर्देशनमा बन्ने फिल्मको राजधानीमा मुहूर्त गरिएको छ । लायन्स क्लब भरतपुर सप्तरङ्गीको सहकार्यमा निर्माण हुने फिल्ममा सरोज दाहाल, कमला अधिकारी, केडी प्रसिद्ध, विमल पौडेल, सुरज पोख्रेललगायतकाे कलाकारको अभिनय रहनेछ ।

मंसिर १७ गतेबाट चितवन र पोखरामा छायांकन हुने फिल्ममा विनोद मिश्र प्रस्तुत कर्ता, केडी प्रसिद्ध कार्यकारी निर्माता, सुजन बिसीको छायांकन, मन्दिल श्रेष्ठको सम्पादन, सुनयमान श्रेष्ठको मिक्सिङ, सम्राट थापाको पार्श्व संगीत, विमल लामाको संगीत तथा गायन, आरती अधिकारी आचार्यको कथा तथा रफी शाहको पटकथा र संवाद रहने निर्माण कम्पनीले जनाएकाे छ । चलचित्र शेखर खनालले निर्देशन गर्नेछन् ।