चार वर्षपछि नेपाली फिल्ममा फर्किंदै निर्माता छविराज ओझा

 

काठमाडौं- नेपाली फिल्म क्षेत्रमा क्षेत्रमा आफनो छुटै छवि बनाएका होनाहार निर्माता छविराज ओझाले झण्डै चार वर्ष कुनै पनि फिल्म निर्माण गरेनन् । उनले झण्डै चार वर्ष फिल्म निर्माण तथा घोषणा गरेनन् । चार वर्षपछि ओझाले फिल्म निर्माणको तयारी थालेका छन् । नयाँ बन्न लागेको फिल्म लामो समयदेखि सह–निर्देशकको काम गर्दै आएका नवराज शर्माले गर्ने भएका छन ।

फिल्म उद्योगलाई चलायमान बनाउने उद्देश्य राखेको निर्माता ओझाले बताएका छन् । प्रेमकथामा बन्ने यो फिल्ममा दुई अभिनेत्रीले रहने छन् । तर यो पटक फिल्मका सम्पूर्ण कलाकार निर्देशकले छान्ने छविले बताए । फिल्ममा दीपक शर्माको संगीत समावेश हुनेछ । परिस्थिति हेरेर मात्रै छायांकनमा निस्कने छविको योजना छ ।