फिल्म ‘रबर सिटी’ बन्ने

 

काठमाडौँ- निर्देशक विनोद पौडेलले फिल्म ‘रबर सिटी’ बनाउने भएका छन् । उनले चलचित्रको फर्स्ट लुक जारी गर्दै फिल्मको विषयमा जानकारी दिएका हुन् । अमेरिकामा छायांकन हुने चलचित्रमा कलाकारहरू विक्रमकुमार शर्मा, सुशांक मैनाली र राधा लम्साल फाइनल भएका छन् ।

फिल्ममा अविरल थापाको निर्माण रहने छ भने अङ्कित पौडेलले छायांकन गर्नेछन् । फिल्ममा अविरलबाहेक किर्तना बास्कोटा, यतिन परखानी, भक्त रिजाल र राजु पौडेल निर्माताको रूपमा रहनेछन् । फिल्म अवेकन प्रोडक्सन र बास्कोटा प्रोडक्सनले संयुक्त रूपमा निर्माण गर्नेछन् । फिल्मको पटकथा विनोदले लेखेका हुन् । यो फिल्मले भुटानी शरणार्थीको कथा बोल्ने बताइएको छ । यस अघि पौडेलको निर्देशनमा बनेको फिल्मत्र ‘बुलबुल’ लाई समीक्षक र दर्शकले मन पराएका थिए ।