फिल्म ‘हजार जुनीसम्म’ युट्युब ट्रेण्डिङ वानमा

काठमाडौं- पछिल्लो समय नेपाली फिल्महरु युट्युबमा अपलोड हुन थालेका छन् । अहिले पनि नेपाली फिल्महरु युट्युब ट्रेण्डिङमा छन् ति मध्ये ‘हजार जुनीसम्म’ले युट्युब ट्रेण्डिङ वानमा नै रहन सफल भएको छ । फिल्लाई हरेक दिन १० लाख दर्शकले हेरेका छन् । विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, सञ्चिता लुइँटेल, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतको अभिनय छ ।