‘मिस ग्रान्ड नेपाल’को उपाधि निशुलाई

 

काठमाडौं- काठमाडौंमा सम्पन्न ‘मिस नेपाल ग्रान्ड–२०२१’को ताज बन्दी सहायता केन्द्रकी निशु कुमारी शाहले पहिरिएकी छन् । उनले प्रतियोगिताको शिर्ष उपाधिका साथमा मिस इन्टेलुक्च्युल र मिस कोन्जेनियालिटीको उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भएकी छन् । राजभाइ सुवाल, जयन सुब्बा मानन्धर, सरोज प्याकुरेल, दीपक घिमिरे र रोस्ना बस्नेत निर्णायक रहेको उक्त प्रतियोगितामा ५ फरक फरक विधामा युवतीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको शिर्ष विजेताले ५० हजार नगद सहित ५० हजार बराबरको सुनको थान्का जितेकी छन् ।

पुरस्कारका साथमा प्रतियोगिताका विजेताहरुले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन् । रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा सुर्जिना श्रेष्ठ मिस टुरिजम नेपालको टाइटल जित्न सफल भइन् ।
काठमाडौंमा सम्पन्न ‘मिस नेपाल ग्रान्ड–२०२१’को ताज बन्दी सहायता केन्द्रकी निशु कुमारी शाहले पहिरिएकी छन् । उनले प्रतियोगिताको शिर्ष उपाधिका साथमा मिस इन्टेलुक्च्युल र मिस कोन्जेनियालिटीको उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भएकी छन् ।

राजभाइ सुवाल, जयन सुब्बा मानन्धर, सरोज प्याकुरेल, दीपक घिमिरे र रोस्ना बस्नेत निर्णायक रहेको उक्त प्रतियोगितामा ५ फरक फरक विधामा युवतीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको शिर्ष विजेताले ५० हजार नगद सहित ५० हजार बराबरको सुनको थान्का जितेकी छन् ।

पुरस्कारका साथमा प्रतियोगिताका विजेताहरुले नेपाली चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गर्नेछन् । रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा सुर्जिना श्रेष्ठ मिस टुरिजम नेपालको टाइटल जित्न सफल भइन् । यस्तै हेटौडाकी मनिषा छिनाललले मिस ल्यान्डस्केपस नेपाल उपाधि जित्दा झापाकी बबिता आचार्यले मिस स्कुवा नेपाल उपाधि उचालिन् । १ सय ५६ जना प्रतिस्पर्धीलाई पछि पार्दै पोखराकी प्रमिला विश्वकर्मा मिस मल्टिनेशनल नेपाल घोषित भएकी छन् ।