‘मिस युनिभर्स’मा भाग लिन इजरायल उडिन् सुजिता बस्नेत

 

‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल उडेकी छन् । ७०औं ‘मिस युनिभर्स’ भाग लिन उनी शनिबार राति इजरायल उडेकी हुन् । त्रिभुवन बिमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामनासहित उनलाई विदाइ गरेका थिए ।

त्रिभुवन विमानस्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतको टिमले शनिबार उनलाई बिदाइ गरेकोे हो । सुजिताले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यसपटक नेपाललाई ताज जिताउने आशा व्यक्त गरिन् । उनले आफ्नो तर्फबाट उत्कृष्ट प्रस्तुति दिने पनि बताइन् ।

गत महिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’को फाइनलमा सुजिताले १५ प्रतियोगीलाई पछि पर्दै ताज पहिरिएकी थिइन् । प्रतियोगिताका लागि उनले नेपालको पहिचान झल्कने एक पोशाक समेत तयार पारेकी छन् ।