२०० करोड रुपैयाँको ठग सुकेश चन्द्रशेखर र ज्याकलिनको तस्वीर भाइरल

जैकलीन फर्नाण्डिजको मुश्किल कम हुने कुनै छाँटकाँट छैन । ठग सुकेश चन्द्रशेखरमाथि लागेको २०० करोड रुपैयाँको ठगबाजीको बीच अब उनको एक तस्विर भाइरल भएको छ । यसमा उनलाई सुकेश चन्द्रशेखरको साथ रोमान्टिक अन्दाजमा पोज दिएको देख्न सकिन्छ । तस्विरमा सुकशे चन्द्रशेखर सेल्फी लिइरहेका छन् र उसले जैकलीन फर्नाडिंजको गालामा किस खाइरहेका छन् । त्यसैगरी जैकलीन फर्नांडिस स्माइल गर्दै देखिएकी छिन् । दवै निकै खुशी छन् ।

जैकलीन फर्नांडिजसँग हालै एनफोर्समेन्ट डाइरेक्टरले २०० करोड रुपैयाँका फर्जीको मामिलामा पूछताछ गरेका थिए । यो मामिला सुकेश चन्द्रशेखरसँग जोडिएको छ । खबर आएको छ कि उनी सुकेश चन्द्रशेखरलाई डेट गरिरहेकी छिन् जैकलिन फर्नांडिजले यस मामिलाबाट इन्कार गरेकी छिन् । यसको साथै उनले सुकेश चन्द्रशेखरको साथ कुनै पनि सम्बन्धको खण्डन गरेकी छिन् । ईडीको सूत्रको अनुसार यो तस्विर अप्रिल जुनमा लिइएको थियो जब सुकेश चन्द्रशेखरलाई कोर्टबाट अन्तरिम जमानत मिलेको थियो ।

जैकलीन फर्नांडिसलाई यस मामिलामा ७ घण्टाको मैराथन पूछताछ र्ईडीले दिल्लीमा गरिसकेको छ । खास कुरा यो हो कि चन्द्रशेखर विवाहीत हुन् र उनको पत्नी लीना मारिया पाल पनि मामिलामा सह अभियुक्त छिन् । दिल्ली पुलिसले आफ्नो चार्जशिटमा आरोप लगाएको छ कि उनले १३ अन्य मानिसहरुको साथ मिलेर रैनबैक्सीको भूतपूर्व निर्देशकको पत्नीलाई २०० करोड रुपैयाँको चुना लगाएका थिए ।