यस कारण बन्द भयो मुन्द्रेको कमेडी क्लब

 

काठमाडौँ- जितु नेपालले मुन्द्रेको कमेडी क्लबको घोषणा गरेका छन् । राजधानीको पाँचतारे होटल अन्नपूर्ण होटलमा उनले कार्यक्रम बन्द हुने जानकारी गराएका थिए । लगभग अढाई वर्षपछि १ सय ३२ एपिसोड सञ्चालन गरेर यो कार्यक्रम बन्द भएको हो । पत्रकार सम्मेलन गरेर आफूले कार्यक्रम गर्ने घोषणा गरेकाले बन्द हुँदा पनि त्यसरी नै दर्शकलाई जानकारी दिनु आफ्नो कर्तव्य भएको बताउँदै उनले कार्यक्रमबाट मीठो अनुभवसहित बिदा हुन लागेको बताएका थिए । तर पत्रकारले कार्यक्रम बन्द गर्नुपर्ने ठोस कारण बताउन आग्रह गरेपछि कुरैकुरामा उनले कार्यक्रम बन्द गर्नुपर्ने मुख्य ५ कारण यसरी बताए । सोमबार बेलुकी ‘मुन्द्रको कमेडी क्लब’को अन्तिम एपिसोड प्रसारण भएको थियो ।

केही दिनअघि मात्र मुन्द्रेको कमेडी क्लब बन्द हुने घोषणासँगै यसको कारणबारे जान्ने खोज्ने पत्रकारलाई उनले (फुलन्देकी आमा) उमेश राईले धोका दिएका कारण बन्द गर्नुपरेको जवाफ दिएका थिए । सोमबार अन्तिम एपिसोड प्रसारण हुनुअघि पनि उनले बन्द गर्नुपर्ने एउटा कारणको रुपमा उमेश राईको धोकालाई बल दिएर चर्चा गरे । उनले भने, फुलन्देकी आमाले उही चरित्रमा डान्स प्रतियोगिताको होस्ट गर्न लागेको समाचार आएपछि पहिला त पत्याइँन । तर फोन गरेर के हो भाइ यस्तो समाचार छ त भन्दा हो दाइ भन्यो । अनि यस्तो गर्न कहाँ भयो त भाइ, एउटै चरित्रमा दुईतिर कार्यक्रम गर्न त भएन नी भन्दा दाइ म उता धोका दिन सक्दिन भन्यो । अनि मलाई चैं धोका दिन मिल्थ्यो त ?’

फुलन्देकी आमाले दिएको धोकाले आफूलाई आफ्नो टिमले नै धोका दिएको रुपमा अथ्र्याउँदै कार्यक्रम बन्द गर्ने निर्णय गरेको बताए । सानातिना स्टेज सो गर्दै आएका फुलन्देकी आमालाई जितुले नै कमेडी क्लबमा मौका दिएका थिए ।