फिल्मका कलाकारले ओगटे दोहोरी गीत : पारिश्रमिकमा पनि भिन्नता

एक समय लोक तथा दोहोरीगीतमा फिल्मका कलाकार कमैले अभिनय गथेँ । तर, लकडाउन यता भने फिल्मका कलाकारले मात्रै दोहोरी गीतमा अभिनय गरेको देखिन्छ । यो भन्दा अघि लोक तथा दोहोरी गीतमा अभिनय गर्दै आइरहेका कलाकारहरु दोहोरी गीतको भिडियोमा फ्याट्ट फुट्ट मात्रै देखिएका छन् ।
लोक गीतलाई अहिले फिल्मका अभिनेता पल शाह, पुजा शर्मा, पुष्प खड्का लगायतले हाँकिरहेको देखिन्छ भने पुराना लोक तथा दोहोरी गीतका मोडलले काम नपाएको अवस्था देखिन्छ । अभिनय गरेता पनि सानो बजेटका गीतमा अभिनय गरेर खुम्चिनु परेको अवस्था छ ।
नेपाली लोक गीतको भिडियोमा भिन्नै ट्रेन बसाएका निर्देशक तथा मोडल शंकर बिसीका अनुसार लोक गीतका मोडलहरुले कमै मात्रामा काम पाइरहेको बताउँछन् । पछिल्लो समय लोक दोहोरी गीतमा अभिनय गर्दै आइरहेका कलाकारहरु अहिले फुर्सदिला बनेको शंकरको भनाई छ ।
उनले भने,‘पहिला जति पैसामा पनि काम गर्ने मोडलहरु अहिले काम विहिन जस्तै हुनु परेको छ । पाँच हजार, एक हजार जतिमा पनि गायक गायिकाको गीतमा नाच्नुहुन्थ्यो । अहिले ठुलो बजेटका म्युजिक भिडियो बनाउने तिनै कलाकार रहेका छन् । जसले ठुलो बजेट हालेर फिल्मका हिरो हिरोइन्लाई नचाइरहनु भएको छ । तर, हामीलाई दिने बेलामा निकै कठिन् हुन्थ्यो उहाँहरुलाई ।’
पारिश्रमिक मै भिन्नता
शंकर बिसीले फिल्मका कलाकार र लोक दोहोरीका मोडेलमा पारिश्रमिक कै भिन्नता रहेको बताए ।‘फिल्मका कलाकारलाई डेढ लाख तिर्न सक्ने गायक गायिकाहरुले अथवा निर्माण टिमले हाम्रा लोक गीतमा अभिनय गर्नेलाई न्युन बजेट भिडियो बनाउन पनि दाँतबाट पसिना छुटाउनु हुन्छ ,’उनले भने । अहिले गायक गायिका अलिक कमाउने भएका कारण यस्तो स्थिति आएको शंकरको विश्लेषण छ । उनले भने ,‘हिजो भन्दा आज गायक गायिका अलिकति कमाउने भए । त्यस कारण पनि म्युजिक भिडियोका कलाकारहरुलाई बिर्षिएको हो की भन्ने मलाई लागेको छ । अरु कलाकारसँगै हिजो लोक गीत बचाउनेलाई लैजानुपर्छ भन्ने मेरो मान्यता हो ।’
आफु भने अहिले पनि दोहोरी कै कलाकारलाई म्युजिक भिडियोमा खेलाइरहेको शंकरको भनाई छ । म्युजिक भिडियो निर्देशक शिव बिक भने लगानी कर्ताले जो कलाकार राख्न आग्रह गर्छन, उनैलाई भिडियोमा खेलाउनु पर्ने बाध्यता आएको बताउँछन् । धेरै जसोको माग फिल्मका कलाकार र अहिले बिभिन्न सामाजिक सञ्जालमा आएको भाइरल कलाकारलाई खाज्ने रहेको सुनाउँछन् । माग अनुसारकै आफुले काम गरिरहेको शिब बताउँछन् ।
शंकरले आफु ७ महिना अमेरिका भएकाले पनि लोक दोहोरीको म्युजिक भिडियो फिल्मका कलाकारमय भएको बताउँछन् । ‘म सात महिना अमेरिका बसे । म नहँुदा पनि दोहोरी गीतमा अहिलेको अवस्था सिर्जना भएको हो । नत्र लोकगीतका कलाकारलाई मेरो म्युजिक भिडियोमा नै चान्स दिइरहन्थेँ। अहिलेको जस्तो हुने थिएन,’उनले भने ।म्युजिक भिडियोका लागि लगानी कर्ताले सिरियलको , फिल्मका कलाकार देखि अहिले आएका भाइरल कलाकार छान्ने गरेका छन् । शिव बिकलाई मात्रै होइन, निर्देशक शंकर बिसीलाई पनि यस्ता प्रस्ताव भिडियो लगानी कर्ताले गर्ने गरेका छन् । तर, उनी भाइरलका पछि नलाग्न भिडियो निर्माणकर्तालाई सुझाव दिने गरेको बताउँछन् ।

अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

प्रतिक्रिया