झनै समस्यामा प्रदर्शक

आफैले एकतर्फी रुपमा हल खोलेका नेपाली प्रदर्शकहरु सरकारले पौष २६ गतेबाट फिल्म चलाउन दिने निर्णय गरेपछि खुशी थिए । हलमा फिल्म लाग्छन्, हल चल्छ । तर, अवस्था झनै विकराल देखिएको छ । हल खुलेको ३ महिना हुन लागिसक्दा पनि दर्शक हलमा छैनन् । नेपाली फिल्म त एउटा यस्तो प्रेम कहानी, गोर्खे मात्र हो रिलिज भएको हो ।
अरु बेलामा यी फिल्म आएको भए १–२ शो पनि पाउने थिएनन् । फिल्म नभएको बेलामा मल्टिप्लेक्समै १२–१५ शो पाए फिल्मले । दर्शक आएनन् ।
हिन्दीको अवस्था यही हो भनेर भनौ । फिल्म हेर्न हिन्दीमा पनि दर्शक नआएको देखियो । समस्या लास्टै भैरहेको छ ।
अप्रिल २ बाट बलिउड फिल्म सूर्यवंशी आउँछ भनेर भनियो । यो फिल्म आउने भएपछि हलमा भीड लाग्छ भनेर सोचियो । तर, भैदियो उल्टो । भारतमा कोभिड केस बढेको छ । सूर्यवंशी अप्रिल ३० मै आउँछ कि आउन्न थाहा भएन । इदमा राधेको आश छ । तर, अवस्था हेर्दा इदमा राधे आउने संभावना पनि देखिएन ।
नेपाली फिल्म लप्पन छप्पन २ पनि सर्यो । यो फिल्मले दर्शक तान्ला कि भनेर सोचिएको हो । फिल्म चल्ने अवस्था रहेन । कृष्णलीला के हुन्छ थाहा छैन । २०७८ सालमा पनि दर्शक कहिलेबाट हलमा आउने हुन् भनेर भन्न सकिन्न ।
फिल्म नै कहिलेबाट रिलिज हुन्छन्, दर्शक आउँछन् कहिलेबाट थाहा छैन । अब, यस्तो बेलामा प्रदर्शकहरु झनै समस्यामा छन् । कहिलेसम्म दर्शकविनाका हल चलाउने ?

अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

प्रतिक्रिया