सिक्वेल निर्माणमा होडबाजी ,हिट फिल्मदेखि फ्लपसम्म

नेपाली फिल्म क्षेत्रमा अहिले २ को चर्चा चलिरहेको छ । लकडाउन अघि नयाँ नयाँ फिल्मको घोषणा गरेको सुनिथ्यो भने लकडाउन यता पहिला चलेकोे फिल्मको पछाडी २ राखिएको छ । अर्थात सिक्वेलमा फिल्मकर्मीले जोड दिएका छन् ।
एक समय हिट भएको फिल्म ‘आँधी तुफान’को सिक्वेल घोषणा गरिएको छ । १६ वर्ष अगाडी निर्माण भएको यस फिल्मले दोस्रो फिल्मको तयारी गरिरहेको छ । सुपर हिट फिल्मको सिक्वेल हिट हुनेमा निर्माता तथा लेखक मौनता श्रेष्ठ विश्वस्त देखिएका छन् । त्यस्तै,फिल्म ‘गोर्खा वारियर’ निर्माण नहुदै पार्ट २ को छायांकन धमाधम भइरहेको छ ।
पहिलो फिल्म नबन्दै पार्ट २ किन घोषणा गरियो भन्ने अनेक प्रश्न अहिले फिल्म बजारमा चर्चा चल्न थालेको छ । यसका निर्देशक मिलन चाम्सले पार्ट २ को घोषणामा पहिलोको केहि काम बाँकी रहेकोले दोस्रो निर्माणमा जुटेको बताएका थिए । फिल्म ‘परदेशी २’ छायांकन समेत सकेर रिलिजको प्रतिक्षामा रहेको छ । नारायण रायमाझी निर्देशित पहिलो फिल्म हिट भएको थियो भने दोस्रो प्रदर्शनको तयारीमा रहेको छ । यस फिल्मले पनि पहिलो जस्तै हिट हुन्छ भन्ने कुरामा निर्माण पक्ष ढुक्क रहेको छ ।
केहि वर्ष अगाडी फ्लप फिल्म बनेको ‘लप्पन छप्पन’ को सिक्वेल रिलिजको तयारीमा रहेको छ । आगामी चैत २७ मा रिलिज हुने तयारीमा छ । यस फिल्मका निर्देशक पहिलो फिल्मको कमीकमजोरी सच्याएर पार्ट दुइ निर्माण गरेको बताएका छन् । उनले केहि दिन अगाडी फिल्म ‘लप्पन छप्पन२’को ट्रेलर रिलिजको समयमा उनले पहिलो फिल्मको कमजी कमजोरीलाई सच्याएर दोस्रो फिल्म निर्माण गरेको दाबी गरे । उनले ५ प्रतिशतले ‘वान’ भन्दा ‘टू’ राम्रो बनेको बताएका हुन् ।पहिलो पार्टमा लागेको दागलाई ‘लप्पन छप्पन २’ बाट मेटाउन सक्ने र फिल्ममा खोट नभेट्ने बताएका हुन् । फिल्मको ट्रेलर हेर्दा फिल्म निकै राम्रो बनेको देखिन्छ ।
हलमा चलेका सिक्वेल
नेपाली फिल्म क्षेत्रमा सिक्वेल चलेका पनि छन् । दीपक –दीपाको सिक्वेल फिल्म ‘छक्का पञ्जा’ सर्वाधिक हिट फिल्म हो । त्यस्तै, झरना थापाको ‘ए मेरो हजुर’को सिक्वेलले पनि राम्रै कमाई गरेको छ भने विकास राज आचार्यको ‘नाइ न भन्नु ल’ को सिक्वेल चलेकै छ । पहिलो फिल्म चलेपछि दोस्रो अनायसै चल्छ भन्ने कुरा उदाहरणका रुपमा फिल्मकर्मीले लिने गरेका छन् ।

अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

प्रतिक्रिया