नयाँ फिल्मका लागि २० केजी तौल घटाइन रेखाले

अभिनेत्री, निर्देशक तथा निमात्री रेखा थापा नयाँ फिल्मको तयारीमा जुटेकी छन्। अभिनेत्री एवं निर्मात्री थापाले आउँदो बैशाखदेखि होमप्रोडक्सनमा निर्माण हुने फिल्मलाई छायांकनमा लैजाने बताएकी छन् । निर्देशक रेनशा राइसँगको फिल्म निर्माण गर्ने हल्ला फिँजाए पनि अहिलेलाई थाँती राखेर रेखा आफ्नै निर्देशनमा फिल्म निर्माण गर्ने भएकी छन्।
एक्सनवाला फिल्म निर्माणमा जुटेकी रेखा अहिले गृहकार्यमा ब्यस्त रहेकी छन्। उनले यसै फिल्मका लागि रेखा २० किलो तौल अटाएको समाचार बाहिरिएको छ। निर्माता , कलाकारका अलवा स्क्रिप्ट लेखकका रुपमा आफै लागि परेकी छन्। बैशाखबाट छायांकनमा जाने फिल्मको अभिनेता अहिले रेखाले गोप्य राखेकी छन्। उनले फिल्ममा नयाँ हिरो लिने बुझिएको छ।
लकडाउनको समयमा नै फिल्म बनाउन तम्सिएकी रेखा प्रशिक्षक राखेरै एक्सन कला सिकिरहेकी थिइन् । अहिले पनि उनी आफुलाई नयाँ फिल्मका लागि मेन्टेन गरिरहेकी छन्। लकडाउनको सममयमा रेखाको फिल्ममा रेनशा राईले निर्देशन गर्ने भन्दै कागजी अनुबन्धित गरिएको थियो। तर पछिल्लो समय यो फिल्मको निर्माणमा ढिलाइ हुने जानकारी बाहिरिएको छ ।

अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

प्रतिक्रिया