तुलाधरको आत्मकथा ‘दमनराज तुलाधर’ सार्वजनिक

दमनराज तुलाधरको आत्मकथा ‘दमनराज तुलाधर’ सार्वजनिक गरेका छन् । जहानियाँ राणा शासनविरुद्धको संघर्षका योद्धा, प्रजातन्त्र अभ्यासका सक्रिय साक्षी बसेका तुलाधार पञ्चायतको पहिलो दशकमा राजा महेन्द्रका विश्वासिला सहयोगी समेत हुन् । उनै दमनराज तुलाधरको आत्मकथा ‘दमनराज तुलाधर’ सार्वजनिक भएको हो।

२०३९ सालमा प्रकाशित यो पुस्तक इमानदार अभिव्यक्तिकै कारण प्रतिबन्ध लगाइएयो थियो । प्रतिबन्ध लगाएपछि उक्त पुस्तक दुर्लभ हुनपुगेको थियो। १९९७ सालको प्रजापरिषद् काण्डदेखि सात सालसम्म नेपाली माटोमा भएको प्रजातान्त्रिक संघर्षको कथा पुस्तकमा पढ्न पाइन्छ ।

उनले प्रजातन्त्रका बेला भएको संघर्ष र प्रजातन्त्र स्थापनापछिका राज्यको सत्ता–अभ्यासमा भएका घटनालाई पनि आत्मकथामा समावेश गरेका छन्। पञ्चायतकालमा भएका नेपाली परराष्ट्र नीति निर्माण एवं कार्यान्वयनका भित्री कथालाई पनि आत्मकथामा अटाएका छन् । ३०० पृष्ठको पुस्तकको पेपरब्याक संस्करण मूल्य ५५५ रुपैयाँ तोकिएको छ।