भर्जिनियाबाट सुकृति र साइमनको पुस्तक : ‘सत्र पुष्प पत्रहरु, हुर्कदै गर्दाका कथाहरु’ सार्वजनिक

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोरकिशोरी दिदी सुकृति शर्मा तथा भाई साइमन शर्माका ‘सत्र पुष्प पत्रहरु :  हुर्कदै गर्दाका कथाहरु’ नामक पुस्तक सार्वजनिक भएको छ ।

यी दिदीभाईले ‘सत्र पुष्प पत्रहरुः हुर्कदै गर्दाका कथाहरु’ नामक पुस्तक हालसालै लेखेका हुन् । अमेरिकामा बसोबास गर्दै आएका सुकृति र साएमनका पुस्तकलाई एमाजनले गत सेप्टेम्बर ९ देखि अग्रिम माँग (प्रि(अर्डर )का लागि खुला गरिसकेको थियो भने हिजो अर्थात सेप्टेम्बर १५ देखि सार्वजनिक गरेको हो ।

सुकृति शर्मा हाल फेयरफ्याक्स काउन्टीमा १२ कक्षामा अध्ययन गर्छिन भने साइमन शर्मा कक्षा ७ मा पढ्छन । सुकृतिका बिगतका लेखहरु अमेरिकाको राष्ट्रिय स्तरका पत्रिकामा समेत प्रकाशित भइसकेका छन् । उनका लेखले बिशेष गरि बालबालिका मुद्धाहरुलाई उठाउने गरेकी छन् । उनका पत्रपत्रिकामा छापिएका लेखहरु बालबालिकाका मुद्दाहरुमा केन्द्रित रहेको पाइन्छ ।