नेपाली फिल्मलाई माया गर्ने अनुहार

यो लकडाउनमा फिल्ममा अभिनय गर्ने कलाकारहरुको चर्चा छंदैछ । सकेसम्म उनीहरु घरमा बसेका छन् । तर उनीहरुका अभिनय हेर्ने दर्शकले भने यो लकडाउनमा कुन कुन फिल्म हेरे त ?

एउटा लामो प्रक्रियापछि जब फिल्म तयार हुन्छ, फिल्म हलमा जान तयार हुन्छ । फिल्म कस्तो बन्यो त ?  सबै निर्माता, निर्देशक र कलाकार अब दर्शकको हातमा निर्णय छ, भनेर भन्ने गर्दछन् । दर्शकको ताली होस् वा गाली, दुवै स्वीकार्न तयार हुन्छन् उनीहरु । त्यसैले त दर्शक सदैव माथी छन् । यहां यस्तै सदैव माथी रहने अनि नेपाली फिल्मलाई माया गर्ने दर्शकबारे लकडाउनमा के कस्तो फिल्म हेरे भन्ने बारे बुझ्न खोजीएको छ । जसले रिलिज समयमा फिल्म हेर्ने समय पाएनन् त कतिको व्यस्तताले मिलेको थिएन ।

अहिले संसार कोरोना भाइरसका कारण लकडाउनमय छ । सबै नेपाली घरघरमै बस्नुपर्ने परिस्थिती छ । त्यसको असर हाम्रो नेपालमा पनि प्रत्यक्ष परेकै छ । संसार नै यसको चपेटामा परेकाले स्वदेशमा नहुने तर विदेशमा रहेका नेपालीमा पनि उही हालत छ । नेपाल सरकारले कोरोना महामारी रोकथाम गर्न तेस्रो चरणको लकडाउन बढाउनुले पनि थाहा हुन्छ की अहिलेको अवस्था कस्तो छ ।

यो घरमै बस्नुपर्ने पट्यारीलो समयमा बहाना बनेको छ युट्युव लगायत अन्य साइटमा उपलब्ध हुने फिल्महरु हेर्ने । त्यस्ता साइटमा खोजी खोजी नेपाली फिल्म हेरिन थालिएको छ । समय व्यस्तताले हेर्न छुटेका फिल्म उनीहरुले हेर्ने गरेका छन् ।

ईटहरीका सञ्चारकर्मी सञ्चारपाटी डटकमका सम्पादक धन बहादुर पुरीले हिजो मात्र जात्रा फिल्म हेरेको बताए । उनले भने लकडाउनको समयमा हेरीयो निकै राम्रो लाग्यो । उनले उक्त फिल्म रिलिजको समयमा टाइम नमिलेकाले हेर्न पाएका थिएनन् ।

यसरी समय मिलेकाले फिल्म हेर्ने अर्का धराने युवा छन् । धरान जेसीसका उपाध्यक्ष राजु शाहले पनि भर्खरै साइली फिल्म हेरे । उनले परिवाससंग बसेर साइली हेरेको बताए । अरुबेला नभ्याएपछि अहिलेको घरबस्ने लकडाउनले गर्दा समय मिलेकाले हेरेको बताउंछन् । उनी भन्छन्, ‘अरु बेला अलिक समय मिलाउन सकिदैनथ्यो ।‘

पुराना फिल्म खोज्दै हेर्नेहरु पनि धेरै छन् । सिद्धार्थ बैक लिमिटेड गाइघाटका ब्राञ्च म्यानेजर सुनिल पोख्रेलले पनि यो समयमा फिल्म हेरेको बताउंछन् । उनले भने मैले नविन सुब्बाको नुमाफुङ बारे सुनेका थिए तर हेर्न पाएका थिइन । अहिले भने समय मिलेकाले उक्त फिल्म यट्युवमा खोजेर हेरेको उनले बताए ।

फिल्म हेर्नको लागि समय पनि मिल्नुपर्दछ । यस्तै समय मिलेकाले अहिले उपलब्ध नेपाली फिल्महरु सबै हेरीरहेको तरहराका पवन अधिकारी बताउंछन् । पाथिभरा एडभरटाइजिङ तथा जब लिंकका सिइओ उनले पोइ पर्यो काले र शत्रुगते हेरीसकेका छन् । लकडाउन बढेको छ अब अरु पनि फिल्म हेरिन्छ उनले भने अहिले फिल्म हेर्ने पुर्ण समय मिलेको छ ।

फिल्म निर्माता पुरन लामा आज दिउंसो फिल्म तिमी हुन्छौ जहां जहां हेर्ने योजना भएको बताउंछन् । उनी हांस्दै भन्छन् अरुको पनि फिल्म हेर्नु पर्छ नी आफ्नो मात्र हेरेर भएन । उनले अरुबेला अलिक समय नमिलेकाले यो लकडाउनमा फिल्म हेरेर समयको सदुपयोग गर्नु पर्ने बताउंछन् ।

कान्तिपुर एफएमका आरजे महेश लिम्वुले पनि भर्खरै पोई पर्यो काले फिल्म हेरेको बताउंछन् । उनी भन्छन् फुर्सदमा समय कटाउन पर्यो । महेश अरुबेला पनि फिल्म हेर्ने गरेको बताउछन् । प्राय सबै फिल्म हेर्ने गरेको छु उनी भन्छन् हामी सञ्चारकर्मीले अपडेट हुन पनि फिल्म हेर्नुपर्छ जस्तो लाग्छ ।

गाढी व्यवसायी हरिहर लम्सालले पनि लकडाउनमा प्रेमलिला फिल्म परिवारसंग हेरेको बताए । अहिले व्यवसाय बन्द रहेको बताउंदै भन्छन् युट्युवमा छानी छानी फिल्म हेर्ने हो । यस्तै पोर्चुगलमा रहेका दिपेन्द्र राईले पञ्चेबाजा हेरे । विद्यार्थी युनेश बज्राचायले पनि उक्त चलचित्र हेरेको बताए । कोरियामा रहेका अनिश गुरुङले भने समय नमिलेको बताउंछन् । भन्छन् के गर्नु हजुर हाम्रो त यहां ड्युटीको ड्युटी छ, फुर्सदै नहुने । तर अरु बेला भने हेर्ने गरेको उनी बताउंछन् ।

गितकार तथा गायक अमिर राई भने यो लकडाउनमा चेस खेल्ने बताउंछन् । उनि भन्छन् फिल्म त अरु बेला हेर्ने हो नी । उनी भन्छन् समय मिलेमा युट्युमा फिल्म हेर्छु ।

लकडाउनमा फिल्म हेर्ने दर्शक बढेकाले फिल्मका निर्माता र डिजिटल प्लेटफर्म वालाहरु पनि जुर्मुराएका छन् । धमाधम फिल्महरु अपलोड गर्न थालेका छन् । अहिले डिसहोमले पनि फिल्महरुलाई आफ्नो च्यानलमा राखेका छन् । नेटफ्लिक्स, आइफ्लिक्स जस्ता साइटले पनि पेमेन्ट सिस्टममा भर्खरै रिलिज भएका फिल्म उपलब्ध गराएका छन् । यटुय्व च्यानलवालाहरुले पनि फिल्म राखेका छन् । ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवालले भर्खरै अनुराग फिल्म आफ्नो च्यानलमा अपलोड गरे । उनले भने अहिले हामीले अपलोड गरेका पुराना फिल्महरुको भ्युज पनि एक्कासी बढेको छ । सिनेमाघरका कार्यकारी निर्माता समन अघिकारी भन्छन् ,’हामी अहिले दर्शकको रोजाईमा फिल्महरु उपलब्ध गराइरहेका छौं ।‘

अहिले नेपाली फिल्म हेर्ने दर्शक ह्वात्तै बढेका छन् । लकडाउनको बेला हेरेको फिल्म उनीहरुलाई संधै ताजा बन्नेछ । किनकी अब केही समयपछि दर्शकले लकडाउनको बेला फलानो फिल्म हेरेको भनेर भन्नेछन् । जो नेपाली फिल्मलाई माया गर्ने आम प्रतिनिधित्व गर्ने अनुहारहरु हुन् ।