पुष्पका प्रिय १० भिडियो

पुष्प खड्का अभिनेता संगसंगै एक मोडल पनि हुन् । उनले अभिनय गरेका फिल्ममा उनको कलाकारिता को राम्रै प्रसंसा भएको थियो । फिल्म ‘मङ्गलम’ वाट उनले राष्ट्रीय अवार्ड पनि पाएका थिए भने उनि म्युजीक भिडीयोका ‘मस्ट डिमाण्डेड’ मोडल हुन् । लकडाउनमा फिल्म, किताब र नृत्य उनका साथी वनेका छन्, साथै उनि तिन वटा स्कृप्ट पनि पढदै छन् । तपाईंका उत्कृष्ट १० भिडीयो कुनकुन हुन् भनी सोध्दा उनले आफुलाई १० वटा मात्रै छान्न सार्है सकस भएको वताएका थिए ।

हेरौ पुष्पका नजरमा पुष्पकै उत्कृष्ट १० :-

 

दुनियाँ बेग्लै छ :
समिर आचार्य र निकी कार्कीले गाएको यस गीतमा पुष्पसंगै तनुजा गुरुङको अभिनय छ ।

हेल्लो मन्जरी :
हरी योन्जनको लोक पप गीत हेल्लो मन्जरी पुष्पलाई उत्कृस्ट लाग्ने गीत हो । उनलाई  भिडियोमा बर्षा शिवाकोटीले साथ दिएकी छन् ।

तिम्रो मौन इसारा :
विश्व नेपाली र सुजाता उपाध्यायको गीतमा पुष्पले झरना बज्राचार्यसंग स्क्रिन सेयर गरेका छन्।

भ्रम :
प्रकाश तिमल्सिनाको भ्रम गीतमा पुष्प दृस्टीविहिनको भूमिकामा देखिएका छन् । यो पनि उनको प्रिय गीत मध्येको एक हो ।

मनका कुरा मनमै रैग्या :
यस गीतमा फिल्मकर्मी तथा संचारकर्मी दिनेश डीसीसंग पर्दा सेयर गरेका छन्, पुष्पले । विभेदको गीतमा धुर्व विश्वको स्वर छ । भिडियोले सुदुर पश्चिमको समाज चित्रण गरेको छ ।

आकासैमा चिल :
महेश ठुलुंगको यो गीतमा पुष्प रोमान्टिक देखिएका छन् । भिडियोमा उनको साथ अकेशा बिष्ट रहेकी छन् ।

पछि पछि :
बर्षा राउत संग देखीएका पुष्पको यो जोडी दर्शकले मन पराएका छन् । मेलिना राई र पदम राईको स्वर गीतमा रहेको छ ।

कल्लाई थाहा छैन :
रेश्मा घिमिरे र पुष्पको यो गीतमा हिमाल सागर र स्मीता दाहालको स्वर रहेको छ ।

लोभी आँखा :
शिल्पा पोखरेलसंग उनले फिल्म मात्र होइन भिडियो समेत सेयर गरेका छन् । उनलाई बसन्त थापा र लक्ष्मी मल्लको लोभी आँखा समेत राम्रो लाग्छ ।

मखमली चोली :
सुमन केसी र मेलिना राइको यो गीतमा पुष्प र एलिशा राईको अभिनय रहेको छ।