बहिनीको शवसँग इटालीका अभिनेताको दर्दनाक भिडियो
लुका फ्रेंजी इटालीका एक चर्चित अभिनेता हुन् । सेल्फ आइसोलेसनमा बसेका लुकाले केही समय अघि एक दर्दनाक भिडियो पोष्ट गरेका थिए। भिडियो मार्फत उनले कोरोनाको कारण मृत्यु भएकी आफ्नो बहिनिको लाश २ दिन सम्म घरमै राख्न बाध्य भएको बताएका थिए । उनका अनुसार बहिनिको अन्तिम संस्कारको लागि उनलाई साथ दिन कोही पनि तयार थिएनन् ।
उनले बहिनिको मृत्यु भएपछि आफुले प्रशासनलाई खबर गरेर प्रतीक्षा गरेको तर कोहि पनि नआएको भन्दै यो क्षण र भिडियो उतार्नु आफ्नो लागि अत्यन्तै दर्दनाक रहेको बताएका छन् ।
उनले खाटमा रहेको बहिनिको शव देखाउदै, रुँदै ‘म एक्लैले मेरो बहिनिको शव कहाँ लैजाउँ र अन्तिम संस्कार कसरि गरौँ ?’ भन्ने प्रश्न गरेका छन् । आफुले धेरै जनासँग मद्धत मागेको तर कसैले पनि जवाफ नदिएको उनले बताएका छन् । आफ्नो पनि कोरोना परीक्षणको लागि पनि मान्छे बोलाएको तर कोहि नआएको भन्दै उनले आफुले बहिनिलाई अन्तिम समयमा आफ्नो मुखबाट सास दिएको बताएका छन् ।
२ हप्ता अघि पोष्ट गरेको भिडियोमा लुकाको पछाडि उनकी बहिनिको शव प्रष्टसँग देख्न सकिन्छ । उनले संसारलाई इटालीको हालत थाहा होस् भनेर उक्त भिडियो हालेको बताएका छन् । साथै भिडियोमा उनले बच्चा र बृद्धलाई भिडियो नदेखाउन पनि अनुरोध गरेका छन् ।
इटालीको अवस्था अहिले भयाबह छ । इटालीको लकडाउन पनि प्रभाब बिहिन जस्तै भैसकेको छ। ६ करोड जनसंख्या भएको देशमा ७ हजार ५ सयको मृत्यु भैसकेको छ । ७० वर्षभन्दा माथिको उमेर भएका बिरामीहरुलाई अस्पतालमा राख्न छोडिएको छ र उनीहरुलाई घरमै राख्न निर्देशन दिईएको छ ।
प्रतिक्रिया