कोरोनाको त्रास: सुनसान काठमाडौं (फोटो फिचर)

सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ।

योसँगै नेपालका ७७ वटै जिल्ला मंगलबारदेखि एक हप्ताका लागि पूर्णरुपमा ‘लकडाउन’ भएको छ। सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि यो नियम लागू गरेको हो।

लकडाउन भएपछि दैनिक भिडभाड हुने काठमाडौं सुनसान देखिएको छ। सडकमा प्रेसका सवारी,औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध लगायतका फाटफुट चलेका छन्।

काठमाडौंको माइतीघर, बबरमहल, बानेश्वर, कोटेश्वर, चाबहिल बालाजु, कलंकी सबै क्षेत्रमा प्रहरीले निगरानी गरिरहेका छन्। यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुनसान देखिएको छ।