‘सेल्फी किंग’ मा रंगमन्चका कलाकारको बाहुल्यता
फिल्म सेल्फी किंग भोलीबाट प्रदर्शनमा आउने छ । फिल्ममा कलाकारको जम्बो टोली त छैन । तर दक्ष कलाकारको अभिनय भने देख्न सकिने अनुमान लगाउन सकिन्छ । रंगमन्चमा काम गरेर निखारिएका कलाकारलाई फिल्ममा देख्न सकिन्छ ।
फिल्मको मुख्य भूमिकामा रहेका छन्, कलाकार बिपिन कार्की । दाजु अर्जुन कार्कीका कारण उनले नाटक क्षेत्र प्रवेस गरे । कमल मणि र सुनिल पोखरेलसंग नाटकमा काम गर्न सुरु गरेका उनी सुनिलका शिष्य समेत हुन् । सन् २००५बाट नाटकमा रमाएका उनी सन् २०१२मा ‘लुट’ मा सानो रोल गर्दै फिल्म क्षेत्र प्रवश गरे । हरेक फिल्ममा फरक पात्र र फरक लुक्समा देखिने उनी यो फिल्ममा कमेडीयान ‘सेल्फी किंग’ को भूमिकामा देखिएका छन् ।
पहिलो नेपाली फिल्म आमा मार्फत फिल्म क्षेत्र प्रवश गरेकी बरिष्ठ कलाकार भुवन चन्दले आफ्नो जीवनको लामो समय रंगमंचलाई दिएकी छन् । पांच दशक बढी अभिनयमा बिताएकी उनलाई कलाकी खानी भन्न सकिन्छ । यस फिल्ममा उनी बिपिनको आमाको भूमिकामा छिन् जो आफ्नो छोराको कार्यक्रम जति हेरे पनि अघाउदिनन्
सेल्फी किंग की श्रीमतीको भूमिकामा देखिएकी छन् । फिल्म ‘सुन्दर मेरो नाम’ मा पासिङ सिन गरेर अभिनय तर्फ तानिएकी लक्ष्मी बर्देवाले एक दशक भन्दा बढी समय थिएटरमा बिताएकी छन् । उनले घामपानी, जालो, बुलबुल लगायत फिल्ममा समेत अभिनय गरेकी छन् । बुलबुल यस वर्ष समिक्षकको आँखामा पर्न सफल फिल्म हो ।
कलाकार जीवन भट्टराई समेत नाटक गर्दै फिल्ममा तानिएका हुन् । उनले समेत एक दसक बढी यस क्षेत्रमा बिताएका छन् । पछिल्लो समय म्युजिक भिडियोमा समेत देखिने उनी लक्ष्मीका रियल लाइफका श्रीमान हुन् । फिल्ममा उनी कार्यक्रम आयोजकको भूमिकामा छन् ।
विशाल सापकोटाको निर्देशन रहेको फिल्ममा दिनेश राउत र शुभाष थापाको लगानी रहेको छ । फिल्ममा विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा नृत्य गरेकी छन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी रहेको छ । फिल्मका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।
प्रतिक्रिया