‘क्षतिपूर्तिको नाममा ‘ब्ल्याकमेल’ भयो’- विराज भट्ट

यहि हप्ताको शुक्रवार अर्थात माघ २४ बाट प्रदर्शनमा आउने फिल्म ‘साङ्लो’ गीतका कारण विवादमा परेको छ ।  यहि बिषयमा बोल्दै फिल्म निर्माता निर्देशक तथा कलाकार समेत रहेका विराज भट्ट आफुमाथि ब्ल्याकमेल गरिएको बताउछन् । फिल्म प्रदर्शनको समय नजिकिदै गर्दा क्षतिपूर्तिको माग राख्दै उनी माथि ब्ल्याकमेल गरेको आरोप उनले सुदिप भुषाल सिंह माथि लगाएका छन् । उनले आफुले गीत सुरेश अधिकारीबाट लिएको बताएका छन् ।  फिल्म प्रदर्शनको समयमा सिर्जित विवादका कारण उनलाई लाखौ रकममा बार्गेन गर्न खोजिएको उनको तर्क छ । संगीतकार र गीतकार बीच छलफल भैरहेको अवस्थामा आफुले मिलाउन खोज्दा उल्टै ‘प्रयोग’ गर्न खोजेको उनी बताउछन ।

यस बिषयमा संगीतकार अधिकारी भने गीतको सम्पूर्ण अधिकार आफु माथि रहेको बताउदै आएका छन् । प्राविधिक कारणवश गीतमा सुदीपको नामको स्थानमा अन्यथा भएको र छलफल मेलमिलाप तर्फ बढेको उनी बताउछन् । विवादमा नाम मुछिएका गायक निशान भट्टराईले भने यस अघि नै आफुले गीत नलेखेको र टिमसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको बताएका थिए ।

‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको गीतको शब्द चोरिएको भन्दै सुदीपले संगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र फिल्म निर्माण कम्पनी विरुद्ध शुक्रबार महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका थिए । तिन बर्ष अगाडीनै कम्पोज गर्नका लागि सुरेशलाइ दिएको गीत फिल्म ‘रुद्रप्रिया’ मा राख्ने कुरा भएको थियो । उक्त फिल्ममा गीत नआटेपछि अचानक बिना कुनै अनुमति गीत प्रयोग गरिएको सुदीपको आरोप छ । उनले आफुलाई जानकारी नदिएको साथै गीतमा क्रेडिट समेत नदिएको बताएका छन् । गीतको पोस्टरमा रचनाकार सुरेश उल्लेख छ भने युट्युवमा निशान भट्टराई ।